Skip to main content

आर्थिक मामिला मन्त्रीद्वारा मुख्यमन्त्रीको रेकर्ड ब्रेक : ११ महिनामा २३ पटक काठमाडौंको सयर

Submitted by editor on
मन्त्रालयले दिएको विवरणमा २०७९ सालको फागुन २ गते र २०८० सालको असोज २ गते पिएसओको मात्रै काठमाण्डौं भ्रमण देखाईएको छ । तर उनको भ्रमणको कारणमा भने ‘मन्त्री ज्युको सुरक्षार्थ’ उल्लेख छ ।
शिवराज भट्ट
११ महिनामा २३ पटक काठमाडौंको सयर

धनगढी : सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री नरेश बहादुर शाहीले ११ महिनामा २३ पटक काठमाण्डौंको सयर गरेका छन । उनले मुख्यमन्त्री कमल बहादुर शाहको काठमाण्डौं गएको रेकर्ड ब्रेक गरेका हुन । 

मुख्यमन्त्री कमल बहादुर शाहलाई काठमाण्डौं बढी जाने गरेको आरोप लागिरहेका बेला आर्थिक मामिला मन्त्री नरेश बहादुर शाहीको पनि काठमाण्डौं भ्रमण सार्वजनिक भएको हो । आर्थिक मामिला मन्त्रालयले मन्त्री शाहीले २१ पटक मात्रै काठमाण्डौं गएको विवरण दिएपनि, उनको पिएसओहरुको भ्रमण भने २३ पटक भएको तथ्यांकमा उल्लेख छ ।

‘मन्त्री बिना पिएसओ मात्रै काठमाण्डौं जाने कुरै भएन, विवरणमा फरक प¥योकी ? म बुुझ्छुु ।’ आर्थिक मामिला मन्त्रालयका सूचना अधिकारी धन बहादुर रोकायाले भने । तर मन्त्रालयले दिएको विवरणमा २०७९ सालको फागुन २ गते  र २०८० सालको असोज २ गते पिएसओको मात्रै काठमाण्डौं भ्रमण देखाईएको छ । तर उनको भ्रमणको कारणमा भने ‘मन्त्री ज्युको सुरक्षार्थ’ उल्लेख छ । 

शाहीले आर्थिक मामिला मन्त्री भएपछि फागुनको २२ गतेदेखि संघीय राजधानीको भ्रमण सुरु गरेको विवरणमा देखाईएको छ । २०७९ सालको फागुन २२ गते देखि २०८० माघको ८ गतेसम्म उनले २१ पटक काठमाण्डौंको भ्रमण गरेका देखाईए पनि उनको पिएसओको विवरण हेर्दा उनी २५ पटक काठमाण्डौं गएको देखिन्छ । 

आर्थिक मामिला मन्त्री शाहीको काठमाण्डौंको भ्रमण मुख्यमन्त्रीको भन्दा पनि अझ चाख लाग्दो छ । उनले अधिकांस महिनामा, महिनाको तीन÷तीन पटक काठमाण्डौंको भ्रमण गरेका छन । २०७९ सालको चैतमा उनी २ गते, १३ गते र २६ गते गरी तीन पटक काठमाण्डौं गएका छन । 

आर्थिक मामिला मन्त्रालयले दिएको विवरण अनुसार उनी तीनै पटक ‘मन्त्रालयको कामका सिलसिलामा’ काठमाण्डौं गएका छन । तर उनले तीन पटकको ‘मन्त्रालयको कामका सिलसिला’ भने खुलाएका छैनन ।

चैतमा मात्रै होईन, २०८० को साउनमा पनि उनी तीन पटक काठमाण्डौं गएका छन । साउनको १ गते, १२ गते र २६ गते उनी काठमाण्डौं गएका छन । त्यो तीन पटकको भ्रमणमा उनी १८ दिन काठमाण्डौं बसेका छन । 

२०८० सालको मंसिरमा पनि उनी तीन÷तीन पटक काठमाण्डौं उडेका छन । मंसिरको  ५ गते, २० गते र २९ गते गरी तीन पटक मन्त्री शाही काठमाण्डौं उडेका हुन । मंसिरमा भने उनले दुुई पटक ‘मन्त्रालयको कामका सिलसिलामा’ र एक पटक लगानी तथा विकास सम्मेलनको कामका सिलसिलामा काठमाण्डौं गएको उल्लेख गरेका छन ।

यद्यपी २०८० को फागुनमा हुने भनिएको लगानी तथा विकास सम्मेलन तयारी नपुुगेको भन्दै २०८१ को असोजसम्मका लागि स्थगित गरिएको छ । मुख्यमन्त्री, आर्थिक मामिला मन्त्री सहितका अरु मन्त्रीहरु पनि लगानी तथा विकास सम्मेलनका नाममा राजधानी उडेका छन, धनगढीमा कार्यक्रम गरेका छन, तर अन्तमा कार्यक्रम नै स्थिगित गरेका छन ।

आर्थिक मन्त्री शाहीले २०७९ सालको फागुन २२ गते देखि २०८० सालको माघको ८ गतेसम्मको २१ पटकको काठमाण्डौंको यात्रा बाफत कुल ५ लाख ६७ हजार ६६६ रकम टिकट र भत्ता बुुझेका छन । उनको पनि भत्ता बुझेको रकम समान दिनको फरक÷फरक छ ।

आर्थिक मामिला मन्त्रालयले दिएको तथ्यांक हेर्ने हो भने मन्त्री शाहीले बराबर दिनको फरक÷फरक अंकमा भत्ता बुुझेका छन । २०८० सालको बैशाख ४ गते देखि ११ गतेसम्मको ८ दिनको उनले २० हजार ६२५ भत्ता बझेका छन भने २०८० कै साउन १ गते देखि ८ गतेसम्मको ८ दिनको भत्ता १५ हजार ६२५ बुुझेका छन । 

समान दिनको फरक÷फरक भत्ता बुुझेपछि मन्त्री र स्वकीय सचिवालयमा मनपरि भत्ता बुझिदै आएको प्रस्ट भएको छ । मन्त्री शाही कार्यकाल भरी १०७ दिन अथवा साढे तीन महिना भन्दा बढी काठमाण्डौं बसेका छन ।