Skip to main content

स्वरोजगार बढाउदै धनगढी उपमहानगर, फुलबारीमा फर्निचर र वेल्डर तालिम सुरु

Submitted by editor on
ईबिगुल संवाददाता
स्वरोजगार बढाउदै धनगढी उपमहानगर, फुलबारीमा फर्निचर र वेल्डर तालिम सुरु

धनगढी : धनगढी उपमहानरपालिकाको फुलबारीमा ५५० घण्टे वेल्डर  र ३९० घण्टे फर्निचर मेकर तालिमको सुरुवात गरिएको छ । धनगढी उप–महानगरपालिका र नेपाल युथ फाउन्डेसन नेपाल, ओल्गापूरी भोकेशनल स्कूलको साझेदारीमा तालिम सञ्चान भएको हो ।

धनगढी उपमहानगरपालिकाको वडा नम्बर १८ को सामुदायिक भवनमा रहेको तालिम केन्द्रमा नगर उप प्रमुख कन्दकला रानाले एक कार्यक्रका बीच तालिमको उद्घाटन गरे ।

उपप्रमुख रानाले कार्यक्रमको उद्घाटन प्रर्दशनीमा राखिएका मेसिन (कटर मेसिन) द्वारा काठ र फलाम काटेर कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा धनगढी उप–महानगरपालिकाका नगरप्रमुख गोपाल हमाल, प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र सिह खाती, वडा नं १८ का वडा अध्यक्ष भुवन रिजाल, वडा नं १४ र १९  का वडा प्रतिनिधी, नेपाल युथ फाउन्डेसन नेपालका प्रतिनिधी, स्थानीय समाजसेवी लगाएत नगरपालिकाका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

तामिममा २१ जना बेल्डीङ र १९ जना फर्निचर मेकरका गरी ४० जनाको सहभागिता रहेको छ । कार्यक्रमम सहभागि नगरप्रमुख गोपाल हमालले कार्यक्रमलाई दिगो र निरन्तरता दिन सुदूरपश्चिमभरिका ८८ वटै स्थानीय तहका ईच्छुक व्यक्तिले सहभागिता जनाउन सक्ने बताए ।

कार्यक्रममा नेपाल युथ फाउन्डेसनका प्रतिनिधी, वडा नं १८ का वडा अध्यक्ष भुवन रिजालले मन्तब्य ब्यक्त गरेका थिए । उक्त प्राविधिक तालिमको एउटा ब्याच पासआउट भईसकेको छ ।