Skip to main content

घोडाघोडीको जंगलमा धराप थाप्ने तीन जना पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
घोडाघोडीको जंगलमा धराप थाप्ने तीन जना पक्राउ

धनगढी : कैलालीको घोडाघोडी नगरपालिकाको जङ्गलमा विद्युतीय धराप थाप्ने थप ३ जना सोमवार पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा घोडाघोडी–४ बस्ने ४९ वर्षीय जितबहादुर चौधरी, ३८ वर्षीय सुधराम चौधरी र घोडाघोडी–५ बस्ने ४० वर्षीय राजकुमार चौधरी रहेका छन्। उनीहरूले जंंगली जनावरको सिकार गर्न गत माघ १० गते स्थानीय तुलसीपुर सामुदायिक वनमा थापेको धरापमा परि घोडाघोडी–१० का धनबहादुर शाहीको ज्यान गएको थियो भने मोहन्याल गाउँपालिका–३ का दुर्गा खत्री घाइते भएका थिए । 

घटनामा संलग्न घोडाघोडी–४ का मनीराम चौधरीलाई सुखड प्रहरीले यस अघि नै पक्राउ गरेको थियो। मनीराम माथि मुद्दा चलिरहेको छ। घटना अनुसन्धानमै रहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले बताए ।