धनगढीः धनगढीका चार पसललाई प्लाष्टिक प्रयोग गरेवाफत जरिवाना गरिएको छ।
धनगढी उपमहानगरपालिकाका नगर प्रहरीले मंगलवार अनुगमनको क्रममा चार वटा पसलले प्लाष्टिक प्रयोग गरेको भेटाएपछि जरिवाना गरेको हो।
पालिकाको नगर प्रहरीले ३ वटा पसललाई १ एक हजारका दरले र १ वटा पसललाई २ हजार रुपैयाँ जरिना गरेको उपमहानगरपालिकाले जनाएको छ।