Skip to main content

पञ्चोदय माविका बालवालिकासँग धनगढीका मेयर (फोटोफीचर)

Submitted by editor on
ईबिगुल संवाददाता
मेयर गोपाल हमाल

धनगढी : धनगढीका मेयर गोपाल हमालले पञ्चोदय माविका वालवालिकाहरुलाई नगरको सरसफाईमा लाग्न आग्रह गरेका छन । ‘हाम्रो धनगढी, सफा धनगढी’ भन्ने नाराका साथ उपमहानगरले सञ्चालन गरिरहेको अभियानका क्रममा मेयर हमाल सहितको उपमहानगरपालिकाको टोली शुक्रबार पञ्चोदय मावि पुुगेको हो ।

मेयर हमालले पञ्चोदय मावि पुुगेपछि बालवालिकाले उनीसँग हात मिलाउन तछाड मछाड गरेका थिए । स–साना बालवालिकाले पनि मेयर हमालसँग हात मिलाए । 

धनगढी उपमहानगरले अहिले स्रोतमै कुहीने र नकुहीने फोहोर छुट्याउनका लागि समुदाय, विद्यालयमा त्यसको जानकारी गराउने अभियान नै चलाएको छ । हरेक शुक्रबार उमहानगरको टोली कुनै न कुनै विद्यालयमा गएर बालवालिकालाई फोहर नगर्न र सरसफाई अभियानमा जुटन आग्रह गर्दै आउको छ ।

बालवालिकालाई आफ्नो स्कुल र आसपासको ५ सय मीटरको परिधिभीत्रका जनतालाई फोहरका बारे सम्झाउन आग्रह गरिएको थियो । घर र छिमेक आसपासमा पनि जथाभाबि फोहर नफाल्न आग्रह गर्ने विद्यार्थीहरुले प्रतिवद्धता ब्यक्त गरेका थिए । 

पञ्चोदय माविकी कक्षा १२ की छात्रा बिनीता विनाडीले आफुहरुले धनगढी उपमहागरको ‘हाम्रो धनगढी, सफा धनगढी’ अभियानमा साथ दिने बताईन । ‘सबैले फोहर गरेन भने मात्रै हाम्रो धनगढी सफा भै हाल्छ, हामीले त्यो अभियानमा खटिने प्रतिवद्धता गरेका छौं’ उनले भनिन ।