Skip to main content

एमालेका नवनिर्वाचित अध्यक्ष ढुंगाना भन्छन ‘अब गुटबन्दी होईन, पार्टी बनाऔं’

Submitted by editor on
ईबिगुल संवाददाता
निर्वाचित पदाधिकारी

धनगढी  : नेकपा एमाले कैलालीको नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

सोमबार धनगढीस्थित एमाले पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रम जिल्ला कमिटिको अध्यक्षमा निर्वाचित यज्ञराज ढुंगानासहितका पदाधिकारी र सदस्यहरुले सपथ ग्रहण गरेका हुन् । एमालेको केन्द्रीय निर्वाचन आयोगका सदस्य हिराचन्द्र केसीले उनीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराए । सपथ ग्रहण लगत्तै नवनिर्वाचित अध्यक्ष ढुंगानाले पदभार समेत ग्रहण गरेका छन् ।

पदभार ग्रहण गर्दै ढुंगानाले एमालेभित्र नेतृत्व पंक्तिमा बस्ने नेताहरुले गुटबन्दी मौलाएको बताउँदै त्यसलाई अन्त्य गर्नुपर्नेमा जोड दिए । ‘गुटबन्दी होईन अब पार्टी बलियो बनाऔं’ उनले भने । उनले आफूलाई रोक्न अधिवेशनमा समेत काठमाडौँबाट आएर नेतृत्व पंक्तिमा बस्ने नेताहरुले गुटबन्दी गरेको बताए । 

‘काठमाडौँदेखि आएर नेताहरुले होटलमा बसेर गुटबन्दी गरे तर मैले मेरा नजिकका नेतालाई मेरो पक्षमा मत मागिदिनुहोस् भनेन आफै फिल्डमा खटिए’ ढुंगानाले भने, ‘त्यसैले नेताहरुले पनि आत्मासम्मान र मर्यादामा बस्न जरुरी हुन्छ ।’

उनले अधिवेशनमा नेताका कारण देखिएको गुटबन्दीलाई आफू निरन्तरता दिने पक्षमा नभएको र सबैलाई मिलाएर लैजाने पक्षमा रहेको बताए । 
घोडाघोडी नगरपालिकाको सुखडमा भएको नवौँ जिल्ला अधिवेशनबाट प्रतिद्वन्दी डेजी पाण्डेलाई ६९ मतले पराजीत गर्दै ढुंगाना अध्यक्षमा विजयी भएका थिए ।