Skip to main content

धनगढीका दुई युवा क्यानको प्राविधिक र विकास समिति संयोजकमा मनोनयन

Submitted by editor on
ईबिगुल संवाददाता
 क्यान

धनगढी : नेपाल क्रिकेट संघ (क्यान) ले चार समितिको संयोजक मनोनयन गर्ने निर्णय गरेको छ । क्यानको फागुन १२ र १४ गते बसेको बोर्ड बैठकले दिवाकर घलेलाई प्रतियोगिता समितिको संयोजक तोकेको छ । 

केन्द्रीय सदस्य घले तीन दशकदेखि क्रिकेटमा सक्रिय छन । सन् २००५ मा नेपालमा आयोजना भएको एसिसी यू–१९ प्रतियोगिताको संयोजक भएका घलेले त्यसयता विभिन्न प्रतियोगितामा नेपाली टिम र प्रतियोगिताको व्यवस्थापकको जिम्मेवारी सम्हालेका थिए। 

क्यानले केन्द्रीय सदस्य विक्रम विष्टलाई प्राविधिक समितिको संयोजक तोकेको छ । कैलालीका विष्ट लामो समयदेखि क्रिकेट गतिविधिमा सक्रिय छन् ।

यस्तै पूर्व खेलाडी तथा क्यान केन्द्रीय सदस्य धिरेन्द्र सावद विकास समितिको संयोजक तोकिएका छन् । धिरेन्द्रले सुवास शाहीसँग मिलेर धनगढी क्रिकेट एकेडेमी स्थापना गरेका थिए । हालको केन्द्रीय समितिमा उनी लोकप्रिय मतका साथ विजयी भएका थिए ।

महिला क्रिकेट विकास समितिको संयोजकमा दाङका प्रदिप मजगैया बनाउने निर्णय भएको छ । केन्द्रीय सदस्य मजगैयामा अहिले दाङ क्रिकेट लिग–२ सञ्चालन गर्ने तयारीमा छन् ।