Skip to main content

कञ्चनपुरमा बोरामा हालेर नहरमा फालिएको अवस्थामा शव भेटियो, हत्याको आशंका

Submitted by editor on
ईबिगुल संवाददाता
युवक मृत्यु प्रकरण

कञ्चनपुर  : कञ्चनपुरमा युवक मृत्यु प्रकरण रहस्यमय बन्दै गएको छ । नहरमा भीमदत्त नगरपालिका–४ का ३५ वर्षीय चन्द्रबहादुर बिष्टको शव फेला परेको छ । बिष्टको शव भीमदत्त नगरपालिका–४ स्थित महाकाली सिँचाइको मूल नहरमा मंगलबार बिहान फेला परेको प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए । 

आइतबार दिउँसो १२ बजेतिर घरबाट निस्किएका बिष्ट सम्पर्कविहिन भएका थिए । उनी फेला नपरेपछि परिवारले खोजीकार्यका लागि प्रहरीमा उजुरी दिएका थिए ।

मंगलबार महाकाली सिँचाइको मूल नहरमा बोराभित्र उनको शव भेटिएको प्रहरीले बताएको छ । पीडित परिवारका अनुसार चन्द्र एक साताअघि भारतबाट घर फर्किएका थिए । उनी आफन्तको बिहेका लागि घर आएका हुन् । त्यसअघि उनी मलेसियामा काम गर्थे । नेपाल आर्मीमा कार्यरत मृतक बिष्टकि श्रीमती शान्ति सेनामा सुडानमा छिन् ।

पीडित परिवारले चन्द्रको हत्या गरेर नहरमा फालेको आशंका गरेका छन । प्रहरीले शंकास्पद दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ । 

भीमदत्त नगरपालिका–५ का दीपक जोशी र भरत चन्दलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । विष्टको शवलाई महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।