Skip to main content

कर्णालीको पानी कैलालीको लम्कीमा ल्याईने, मुख्यमन्त्री शाहद्वारा सिलान्यास

Submitted by editor on
ईबिगुल संवाददाता
सिलान्यास

धनगढी : कैलालीमा लम्कीचुहा सहलगानी खानेपानी तथा सरसफाई आयोजनाको सिलान्यास गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले शुक्रबार एक कार्यक्रमका बीच आयोजनाको सिलान्यास गरे । आयोजनाको सिलान्यास गर्दै मुख्यमन्त्री शाहले लम्कीचुहा नगरपालिकाका १३ हजार घरधुरीलाई कर्णाली नदीको पानी पुगाउने गरि आयोजनाको सुरुवात भएको बताए । 

उक्त आयोजनाबाट लम्कीचुहा नगरपालिकाका ५ वडाका १३ हजार ७ सय ९५ घरधुरीका ७४ हजार ४ सय ५० जना लाभान्वित हुनेछन । १४ करोड ७७ लाखको लगानकिो उक्त आयोजना २०८२ सालको भदौमा सम्पन्न हुने लम्की साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष तेज बहादुर चलाउने जानकारी दिए । 

कुल ९० करोड लगानी अनुमान गरिएको आयोजनाको पहिलो चरणमा कर्णाली नदीबाट लिफ्ट प्रविधिबाट पानी तानेर ५ मिटर जमिन मुनी राखिने र ५ मिटर जमिनभन्दा माथि गरि १० मिटरका पाँच वटा इनारको निर्माण हुनेछन । आयोजना अन्तर्गत ४ लाख ५० हजार लिटर क्षमता भएका भूमिगत ट्याङ्की पनि निर्माण गरिने निर्माण कम्पनी प्रशंसा कन्स्ट्रक्सनका सञ्चालक दीर्घराज जोशीले जानकारी दिए । 

१४ करोड ७७ लाख ९५ हजार ६ सय १३ रुपैयाँ २५ पैसाको कुल लागतमा निर्माण हुने पहिलो चरणको आयोजनामा खानेपानी मन्त्रालयको ७० प्रतिशत अर्थात १० करोड ३४ लाख, लम्की साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको २५ प्रतिशत अवथा ३ करोड, ६९ लाख र लम्कीचुहा नगरपालिकाको ७३ लाख ८९ हजार लगानी रहने लम्की साना सहरी खानेपनी उपभोक्ता तथा सरसफाई संस्थाका कार्यालय प्रमुख जगनाथ ढकालले जानकारी दिए । 

आयोजनाबाट लम्कीचुहाका वडा नं १ र वडा नं २ मा पुरै र वडा नम्बर ३,४ र ५ मा  आशिंक रुपमा २४ सै घण्टा कर्णाली नदीको पानी पुगाईने छ । शिलान्यास कार्यक्रममा मुख्यमन्त्री सहित लम्कीचुहा नगरपालिका नगर प्रमुख सुशीला शाही, उप प्रमुख जुना चौधरी लगायतका जनप्रतिनिधि, लम्की साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष तेज बहादुर चलाउने, कार्यालय प्रमुख जगनाथ ढकाल, निर्माण कम्पनी प्रशंसा कन्स्ट्रक्सनका प्रतिनिधि र स्थानीयहरूको सहभागिता रहेको थियो ।