Skip to main content

श्रीएयरलाईन्सको जहाजको चक्कामा समस्या, धनगढीमा मर्मत हुदै

Submitted by editor on
ईबिगुल संवाददाता
श्रीएयरलाईन्सको जहाजको चक्कामा समस्या, धनगढीमा मर्मत हुदै

धनगढी : सोमबार धनगढीमा अवरण भएको श्रीएयरको जहाजको चक्कामा समस्या आएपछि आज विहानको उडान रद्ध भएको छ । काठमाण्डौंबाट सोमबार अपरान्ह धनगढीमा लागि उडेको श्रीएयरलाईन्सको विमानमा, धनगढी विमानस्थलमा अवतरण भएपछि चक्कामा समस्या देखिएको हो ।

धनगढी विमानस्थलका प्रमुख गणेश बहादुर सिहले श्रीएयरको विमानमा समस्या आएकाले आज विहानको धनगढी–काठमाण्डौंको उडान नभएको बताए । सोमबार बेलुकी जहाज अवतरण भएपछि चेकजाँच (फिट फर प्लाईट) गर्ने क्रममा अगाडीको चक्काको ब्यारिङमा समस्या देखिएको उनले बताए ।

श्रीएयरलाईन्सका धनगढी स्टेशन प्रमुख गजेन्द्र शाहीले जहाजमा टेक्नीकल समस्या आएको तर प्राविधिकहरुले त्यसलाई बनाईरहेको बताए । उनले केही मिडियामा जहाजको चक्का नै फुत्केर झाडीमा भेटिएको जस्ता गलत सूचना प्रभाव भएको बताए ।