Skip to main content

मेयर हमाललाई ज्यानमार्ने धम्की दिने भनिएका रानाद्वारा उपमहानगरभीत्रै विष सेवन, सेतीको आईसीयुमा उपचार हुदै

Submitted by editor on
ईबिगुल संवाददाता
पमहानगरभीत्रै विष सेवन,

धनगढी : धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई ज्यान मार्ने धम्की दिने भनिएका युवकले नगरपालिका परिषरभीत्रै विष सेवन गरेका छन । मंगलबार बिहान नगरपालिका आएका उनले नगरपालिकाको परिषरभीत्रै विष सेवन गरिरहेको अवस्थामा देखेपछि अस्पताल  पुुगाएको सूचना अधिकारी सुरेन्द्र कार्कीले बताए ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मटियारी घर भएका गणेश रानाले उपमहानगरपालिकाको परिषरमा विहान ११ बजेतिर विष सेवन गरेका हुन । उनलाई सेती प्रादेशीक अस्पतालको आईसीयुमा उपचारका लागि भर्ना गरिएको छ । 

धनगढी उपमहानगरका मेयर हमालले सोमबार आफ्नो ह्वाट्एप नम्बरमा फोन गरेर ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा निबेदन दिएका थिए । जिल्ला प्रशासन कार्यालय मेयर हमालको निबेदन जिल्ला प्रहरीलाई पठाएर मेयरको सुरक्षामा खटिन र धम्की दिनेलाई पक्राउ गर्न निर्देशन दिएको थियो ।

सोमबार देखि नै कैलाली प्रहरी रानाको खोजीमा सादा पोशाकका प्रहरी लगाएर खोजबीनमा लागेको प्रहरी उपरिक्षक पदम बहादुर विष्टले बताए । सोमबार रानालाई फोन गरेर बोलाएको प्रहरीले, उनले मंगलबार आफै आउने बताएका थिए । 

सेती प्रादेशीक अस्पतालमा भर्ना भएका गणेशका बुवा रामदयाल रानाले भने छोरालाई नगरप्रहरीले घरमै पुुगेर पक्राउ गरेर ल्याएको दाबी गरेका छन । तर जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक विष्टले भने नगरपालिकाको सिसि क्यामेरा हेर्दा राना विहान सेवाग्राहीहरुसँगै भीत्र पसेका र गेटभीत्र पस्ने वित्तिकै किटनाषक औषधी खाएको भिडियो देखिएको बताए ।

सेती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर शेरबहादुर कमरले रानाको अवस्था गम्भीर तर स्थिर रहेका बताए । ‘विषादी सेवन गरेका केस जटिल नै हुन्छन् । उहाँको अवस्था पनि गम्भीर छ’ कमरले भने । ‘आईसीयूमा राखेर उपचार भइरहेको छ । अहिले केही भन्न सकिने अवस्था छैन ।’ 

धनगढी नगर प्रहरीका इन्चार्ज प्रहरी निरीक्षक भुपेन्द्र खड्काले  पनि रानालाई नियन्त्रणमा लिएको कुरामा सत्यता नभएको बताए ।