Skip to main content

कैलालीको धनगढी–अत्तरिया सडकमा भएको दुर्घटनामा दुुई जना घाईते

Submitted by editor on
ईबिगुल संवाददाता
कैलालीको धनगढी–अत्तरिया सडकमा भएको दुर्घटनामा दुुई जना घाईते

धनगढी : कैलालीको धनगढी–अत्तरिया ६ लेन सडकमा स्कुटर र स्काभेटर एकापसमा ठोक्किदा दुुई जना घाईते भएका छन । 

शनिबार बिहान चौमालाबाट धनगढी आउदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०१२ प २३३६ नम्बरको स्कुटर र सुदूरपश्चिम प्रदेश ००१ क ४११७ को स्काभेटर एकापसमा ठोकिदा दुर्घटना भएको हो । 

दुर्घटनामा स्कुटर चालक र स्कुटर पछाडी सवार धनगढी उपमहानगरपालिका–१६ बेहडाबाबाका मनोज बम र गौरीगंगा नगरपालिका–१ गोप्काका अनिश चन्द घाईते भएका ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । 

स्काभेटर चालक प्रहरी नियन्त्रणमा रहेको र घाइते दुबैको पदमा अस्पताल अत्तरियामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।