Skip to main content

बैतडी समाज कैलालीले धनगढीमा यसरी मनायो होली (फोटोफीचर)

Submitted by editor on
ईबिगुल संवाददाता
बैतडी समाज कैलालीले धनगढीमा यसरी मनायो होली (फोटोफीचर)

धनगढी : धनगढीमा बैतडी समाजले होली पर्व मनाएको छ । बैतडी समाजका अध्यक्ष मायाप्रकाश भट्टले रंगको पर्व होली मनाएको बताए । बैतडी समाजको सचिवालय परिषरमा होली पर्व मनाईएको हो । 

असत्य माथि सत्यको विजय उत्सवका रुपमा मनाइने होली पर्व सुदूरपश्चिमका हरेक जिल्लामा पृथक तरिकाले मनाइने गरिन्छ । सुदूरपश्चिममा फागुन शुक्ल एकादशीका दिनबाट पाचँ दिनसम्म होली उल्लासका साथ मनाउने गरिन्छ ।  कैलाली कञ्चनपुरका रानाथारु समुदायले परम्परागत पहिरनमा होली पर्व मनाउने गरेका छन भने अन्य पहाडी जिल्लाबाट यहाँ बसाइसराइ गरी आउनेहरुले पनि आ–आफ्नै ढंगले होली मनाउने गरेका छन । 

पूर्वी नेपालमा रङ दलेर होली मनाइने भएपनि सुदूरपश्चिममा श्रीकृष्ण र राम भगवानका गाथा लोक भाकामा गाउँदै एक अर्कामा रङ दलेर होली खेल्ने परम्परा छ । पछिल्लो समय सुदूरका पहाडी जिल्लाबाट बसाइसरी तराई आएकाहरुले त्यहिको परम्परा अनुसार तराइमा पनि होली मनाउने गरेका छन ।

हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युग सँग जोडिएको छ । असत्यमाथि सत्यको विजयका रूपमा मनाइने होलीलाई हिरण्यकस्यपकी बहिनी होलिकालाई दहन गरेको खुसीयालीमा मनाइने परम्पराबाट सुरु भएको बताईन्छ । 

होलीमा विशेष गरी सुदूरपश्चिमका महिला तथा पुरुषहरुले ढोलक, मादल, मिजुरा, चिम्टा आदि लोक बाँजाका साथ विभिन्न किसिमका लोक गाथाहरु अभिनयका साथ प्रस्तुत गर्ने गर्दछन । यस अवसरमा पौराणिक, धार्मिक, राजनैतिक, सामाजिक तथा प्राकृतिक गाथाहरु प्रस्तुत गर्ने गरिन्छ ।