Skip to main content

धनगढीका मेयर गोपाल हामालकी छोरी भारतको गोवाबाट सम्पर्कबिहीन

Submitted by editor on
ईबिगुल संवाददाता
धनगढीका मेयर गोपाल हामालकी छोरी भारतको गोवाबाट सम्पर्कबिहीन

धनगढी  : धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी भारतबाट सम्पर्क विहिन भएकी छन् ।

नगर प्रमुख हमालकी जेठी छोरी आरती हिजो (सोमबार) देखि सम्पर्क विहिन भएकी हुन् । उनी ओशो साधक हुन । आरती केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन् । तर सोमबारदेखि भारतको जोरबा वाइब आस्बिन ब्रीजबाट सम्पर्क विहिन भएको उनको साथीबाट खबर प्राप्त भएको आफन्तहरुले बताएका छन ।

भारतको गोवा बस्नु हुने शुभचिन्तक दाजुभाइ तथा दिदीबहिनीले खोजी कार्यमा सहयोग गरिदिन परिवारका सदस्यले आग्रह गरेका छन् । 

मेयर हमालले आफ्नो फेसबुकमै स्टाटस हालेर कान्छी छोरी आर्जु र ज्वाइँ आरतीको खोजी गर्न आज (मंगलबार) रातिको फ्लाइटमा गोवा पुग्ने भएकाले ००९१– ९७९४०९६०१४, ८२७३५३८१३२, ९३८९६०७९५३ मा सम्पर्क गरि त्यहाँ आवश्यक सहयोग तथा खोजी कार्यमा सहजीकरण गरिदिन अपील समेत गरेका छन ।