Skip to main content

सुदूरपश्चिममा पहिलो दिन मर्यादित भयो एसईई, झण्डै ५५ हजार विद्यार्थी सहभागी (फोटोफीचर)

Submitted by editor on
शिवराज भट्ट
एसईई परिक्षा

धनगढी : विहीबारबाट सुरु भएको एसईई परिक्षा सुदूरपश्चिममा शान्तिपूर्ण र मर्यादित भएको छ । 

सबैभन बढी विद्यार्थी रहेको कैलालीमा पनि एसईई शान्तिपूर्ण रहेको कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मीश्रले बताए । 

प्रमुख जिल्ला अधिकारी जिल्ला परिक्षा समितिका संयोजक पनि हुन । ‘हामीले कैलाली जिल्लाका तीन स्थान सुखड, टीकापुर र धनगढीबाट अनुुगमन गरेका छौं । कुनै पनि ठाउँमा नराम्रो खबर आएको छैन । 

उपमहानगरका अधिकांस विद्यालयको अनुगमनका क्रममा मर्यादित भएको पाईयो’ प्रमुख जिल्ला अधिकारी मीश्रले भने ।

माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सुदूरपश्चिम प्रदेशबाट ५५ हजार १० जना विद्यार्थीहरू परीक्षा दिने तयारीमा थिए तर प्रदेश भरी अनुपस्थित भएको तथ्यांक भने अझै आई नसकेको जिल्ला शिक्षा समन्वय ईकाईहरुले जनाएका छन ।

प्रदेशका नौ वटै जिल्लाका लागि दुई सय ११ परीक्षा केन्द्र, दुई सय ११ केन्द्राध्यक्ष, तीन सय ७४ सहायक केन्द्राअध्यक्ष तोकिएका थिए । 

परीक्षाका लागि आवश्यकता अनुसार दुई हजार सात सय ४३ निरीक्षक, पाँच सय ५५ सहायक कर्मचारी, एक परीक्षा केन्द्रमा १५ जना खटिएका छन ।