Skip to main content

उन्मुक्ति फकाउने अन्तिम कसरतमा मुख्यमन्त्री, काठमाण्डौंमा भेटघाट

Submitted by editor on
ईबिगुल संवाददाता
उन्मुक्ति फकाउने अन्तिम कसरतमा मुख्यमन्त्री, काठमाण्डौंमा भेटघाट

धनगढी : विश्वासको मत लिने समय घर्किनै लाग्दा सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह नागरिक उन्मुक्तिलाई फकाउने अन्तिम कसरतमा लागेका छन । 

जापानबाट फर्केका उन्मुक्तिका संरक्षक रेशम चौधरी र पार्टी सभापती शेर बहादुर देउवा भेटन उनी भौतिक पुर्वाधार मन्त्री प्रकाश बहादुर देउवा सहित सोमबार राती काठमाण्डौं गएका छन । मुख्यमन्त्री शाहले हिजो राती नै काँग्रेस सभापती देउवालाई भेटेका छन भने आज रेशमसँग भेटेपछि उनी आजै धनगढी फर्किनेछन । 

‘पार्टी सभापतीसँग भेट भयो । नागरिक उन्मुक्तिका नेताहरुसँग पनि आज भेट हुन्छ । सरकार जोगाउने तयारीमै लागेका छौं’ काठमाण्डौंमा रहेका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले भने । उनले, विहीबार विश्वासको मत लिने तयारी भईरहेको बताए ।

संविधान अनुसार चैतको २२ गतेसम्म मुख्यमन्त्री शाहले विश्वासको मत लिईसक्नुपर्नेछ । त्यसका लागि उनले आजै (मंगलबार) बेलकी ५ बजेसम्म सभामुखलाई सदन बोलाईदिन पत्राचार गर्नुपर्ने हुन्छ । ‘हामी विश्वासको मतको सामना गर्छौं, त्यसको तयारी भईरहेको छ’ भौतिक पुर्वाधार मन्त्री देउवाले भने ।

नेकपा माओवादी र समाजवादीले सरकारको समर्थन फिर्ता लिएपछि फागुनको २३ गतेदेखि मुख्यमन्त्री शाह अल्पमतमा परेका थिए ।