Skip to main content

रेशम पक्षलाई रञ्जिताको काउन्टर : गंगारामले बोलाएको बैठक आधिकारिक होइन

Submitted by editor on
ईबिगुल संवाददाता
रेशम पक्षलाई रञ्जिताको काउन्टर : गंगारामले बोलाएको बैठक आधिकारिक होइन

धनगढी : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीले चैत २३ र २४ गते बोलाईएको बैठक आधिकारिक नभएको बताएकी छिन । मंगलबार एक विज्ञप्ती प्रकाशित गर्दै उनले उक्त बैठक नागरिक उन्मुक्तिको आधिकारीक बैठक नभएको बताएकी हुन ।

सोमबार केन्द्रीय समितिको बैठकमा कुटाकुट भएपछि रेशमलाल चौधरीको आदेशमा निर्वाचन आयोगले खारेज गरिसकेको समितिका महासचिव गंगाराम थारुले चैत २३ र २४ गतेका लागि केन्द्रिय कमिटिको बैठक बोलाएका थिए । 

गंगाराम थारुले महासचिवको हैसियतमा पत्रमा हस्ताक्षर गरेका थिए । तर अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीले मंगलबार जारी गरेको विज्ञप्तीमा  भनिएको छ, ‘मिति २०८० चैत २३ र २४ गते केन्द्रीय सदस्य तथा पदाधीकारी ज्युहरुको बैठक भनि बोलाईएको बैठक नागरिक उन्मुक्ति पार्टीका आधिकारीक बैठब नभएको ब्यहोरा अनुरोध छ ।’