Skip to main content

प्रदेश प्रमुखद्वारा सुदूरपश्चिममा बैशाख २ गतेभीत्र मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान

Submitted by editor on
ईबिगुल संवाददाता
प्रदेश प्रमुखद्वारा सुदूरपश्चिममा बैशाख २ गतेभीत्र मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान

धनगढी : सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने समय बैशाख २ गतेसम्मका लागि तोकिएको छ । प्रदेश प्रमुख नजिर मिँयाले आज संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई बैशाखको २ गते बेलुकी ५ बजेसम्म मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरेका हुन । 

‘माननीय मुख्यमन्त्री कमल बहादुर शाहले २०८० साल चैत २२ गते संविधानको धारा १६९ (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएकाले माननीय प्रदेश प्रमुख नजिर मियाँ ज्युले नेपालको संविधानको धारा १६८ (२) बमोजिम सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहमुत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०८१ बैशाख २ गते आईतबार बेलुकी ५ बजे भीत्र दाबी पेश गर्न आह्वान गर्नु भएको छ’ प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टले हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ ।