Skip to main content

बझाङमा प्रदेश सभा सदस्यका लागि अहिलेसम्म नौ जनाको उमेदवारी

Submitted by editor on
ईबिगुल संवाददाता
बझाङमा प्रदेश सभा

धनगढी : बझाङमा प्रदेश सभा सदस्य उप निर्वाचनका लागि ९ जनाको उमेदवारी परेको छ । नेकपा एमालेबाट दमन बहादुर भण्डारी, नेपाली काँग्रेसबाट अभिषेक बहादुर सिह, नेकपा माओवादी केन्द्रबाट जनक बुढा, नेकपा एकीकृत समाजवादीबाट दिल बहादुर सिहले उमेदवारी दर्ता गराएका छन ।

यस्तै राष्ट्रिय मातृभूमी पार्टीबाट विनोद बहादुर थापा, नेपाल मजदुर किसा पार्टीबाट खगेन्द्र बहादुर शाही, नेशनल रिपब्लिक नेपालबाट कमल घर्तीमगर, राप्रपाबाट किशोर कुमार खडका र जनता समाजवादी पार्टीबाट राम बहादुर जाग्रीको उमेदवारी परेको छ । 

नेपाली काँग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको दुर्घटनामा निधन भएपछि निर्वाचन आयोगले उक्त क्षेत्रमा उपनिर्वाचन गर्दैछ । बैशाख १५ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ता गरिएको हो । कांग्रेस उम्मेदवार अभिषेक पृथ्वीबहादुर सिंहका छोरा हुन् ।