Skip to main content

कैलालीको घोडाघोडीमा दिदिबहिनीद्वारा एकै धुरीमा पासो

Submitted by editor on
ईबिगुल संवाददाता
कैलालीको घोडाघोडीमा दिदिबहिनीद्वारा एकै धुरीमा पासो

धनगढी  ः कैलालीमा दिदीबहिनी मृत अवस्थामा फेला परेका छन् । कैलालीको घोडाघोडी नगरपालिका–१० का कलेशु चौधरीकी  दुई छोरी मृत भेटिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले जानकारी दिए ।

चौधरीका २७ वर्षीया छोरी श्रीमालु चौधरी र २२ वर्षीया ईन्द्रा चौधरी घरको माथिल्लो तलाको धुरीमा झुन्डिएको अवस्थामा मंगलबार बिहान मृत भेटिएको एसपी बिष्टले बताए ।

दुवै जना धुरीमा झुन्डिएको अवस्थामा भेटिएपनि कारण पत्ता लागेको छैन् । प्रारम्भीक अनुसन्धानका क्रममा जेठो छोरी केही वर्षदेखि मुटु रोग र कान्छी छोरी डिप्रेशनको औषधी खाइरहेको बुझिएको एसपी बिष्टले बताए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।