Skip to main content

मुहार फेरिदै गरेको ‘धनगढी’

Submitted by editor on
शिवराज भट्ट
मुहार फेरिएको धनगढी

धनगढी : धनगढीमा रात प¥यो की पैदल हिडिरहेको ब्यक्ति हुन की मोटरसाईकल वा गाडीमा, आफ्नो मोबाईल निकालिहाल्छन । उनीहरुलाई रात्रीकालिन धनगढीको दृष्य आनन्ददायी लाग्छ । धनगढी १३ का रमेश ठगुन्ना भन्छन, ‘म हरेक बेलुकी पसल बन्द गरेर अध्यारो भएपछि मात्रै घर जान्छु तर पनि मलाई एक पटक अत्तरिया–धनगढी ६ लेन सडकको रात्रीकालिन सुन्दरता खिचिहाल्ने मन 
लाग्छ ।’

धनगढी–अत्तरिया ६ लेन सडक धनगढी उपमहानगरपालिकाले बनाएको पनि होईन । १५ किलोमिटरको यो सडक एशीयाली विकास बैंकको ऋण सहयोगमा नेपाल सरकारको क्षेत्रीय शहरी विकास आयोजनाले निर्माण गरेको हो । १६ किलोमिटरको यस सडकमा धनगढीको क्षेत्र भनेको झण्डै ९ किलोमिटर मात्रै हो । तर स्थानीय तहलाई दिइएको स–सानो काम र समुन्वयको जिम्मेवारीमा धनगढी उपमहानगर अब्बल देखिएको छ । 

सडक कालोपत्रे क्षेत्रीय शहरी विकास आयोजनाले बनायो तर त्यसको सौन्दर्य बढाउने काम उपमहानगरले ग¥यो । नेपाल विद्युत प्राधिकरणसँगको साझेदारीमा उपमहानरले आफ्नो सीमानामा रंगीन लाईट जडान गरेको छ । 

धनगढीमा स्वतन्त्र रुपमा जितेका मेयर गोपाल हमालले आफ्नो नीति तथा कार्यक्रममा ल्याएको ‘उज्यालो धनगढी’ कार्यक्रम अन्तर्गत धनगढी झिलिमिलि भएको हो । ‘६लेन सडक मात्रै होईन, क्याम्पस रोड–मनेहरा सडक पनि झिलिमिलि भएको छ । धनगढीको मुख्य सडक पनि विस्तार भईरहेको छ । ट्राफिक चौराहा–कैलाली पुलको सडकको विस्तारको काम अन्तिम चराणमा पुगेको छ । त्यसको बीचमा पनि सडक बत्तीका पोलहरु गाढि सकिएका छन । 

कैलाली पुलदेखि –क्याम्पसचोक सम्मको सडक फराकिलो भएर निर्माण भईरहेको छ । चारलेनको सडक र दुुबैतिर नाली निर्माणको काम भईरहेको छ । यो सडक पनि उपमहागरको बजेटमा होईन, प्रदेश सरकारले दिएको ६३ करोडको बजेटमा यो सडक निर्माण भईरहेको हो । स्वतन्त्र जितेको मेयर हमालले सडक चौडा गर्न घरहरु भत्काउन प्रोत्साहन नभएको भए यो सडक बन्थेन । हमाल भन्दा अघिका मेयर नृप बहादुर ओडले पन सडक चौडा पार्ने प्रयास गरेका थिए, तर उनी दलको दबाबमा असफल रहे । बरु उनले सडकको ६मिटर चौडाई घटाएर टेन्डर गर्न लगाए । 

झिलिमिलि मात्रै होईन, स्वतन्त्र मेयर हमाल आएपनि धनगढीको मुहार फेरिन थालिएको छ । उनले सरसफाईमा गरेको कार्य नमुना योग्य छ । अहिले उनले ‘हाम्रो धनगढी, सफा धनगढी’ अभियान सञ्चालन गरेका छन । धनगढी उपमहानगरभीत्रका हरेक विद्यालय र टोलमा गएर सरसफाई अभियानहरु चलिरहेका छन भने फोहरको बर्गिकरण स्रोतमै छुट्याउने बानीको विकास भएको छ ।

धनगढी उपमहानरले हरेक दिन फोहर संकलनका लागि टोल÷टोलमा दुुई वटा ट्याक्टर पठाउछ । त्यसमा एउटा ट्याक्टर कुहिने र अर्को नकुनिने फोहर बोक्छ । ट्याक्टरले कुहिने र नकुहिने एकै भाँडामा हालेर ल्याए उसले फर्काई दिन थालेपछि स्थानीयहरु घरबाटै बर्गिकरण गरेर दिन थालेका छन ।

फोहरका लागि त्यती मात्रै होईन, धनगढी उपमहानगरपालिकाको वडा नम्बर २ मा कुहीने फोहरको मल र बायोग्यास उत्पादन गरिन्छ भने नकुहीने फोहोर छानेर विक्रि गर्ने गरिन्छ । ‘यसपाली हामीले नकुहिने फोहरबाट १३ लाख खाम्दानी गरेका छौं’ धनगढी उपमहानगरका मेयर गोपाल हमालले भने । ‘सुरुमा कुहिने र नकुहिने एउटैमा मिलाएर ल्याउने गर्थे, अहिले सबैमा त्यो बानीको विकास भईसकेका छ ।’

उपमहागरका फोहर संकलनका लागि टोल÷टोलमा जाने ट्याक्टरमा लुना नामक जिपिएर जडान गरिएको छ । त्यस जिपिएसबाट फोहको गाडी कहाँ पुुग्यो, मेरो घरमा कतिबजे पुुग्छ ? भन्ने कुरा नगरबासीले थाहा पाउन सक्छन अर्को कुरा फोहरको गाडी आफ्नो रुटमा गयो वा गएन, उपमहानगरबाट पनि मोनिटर गर्न सकिन्छ ।

धनगढी उपमहानगरमा स्वतन्त्र मेयर हमाल आएपछि हरेक वडामा महिनाको एक दिन विषेशज्ञ चितित्सक सहितको वडा क्लिनिकको आयोजना गरिन्छ । धनगढीमा १९ वडा छन । ती वडामा हरेक महिनाको एकै मितिमा वडा क्लिनिक आयोजना गरिन्छ । फिजिसियन, स्त्रीरोग, भिडियो एक्सरे, घुम्ती प्रयोगशाला र निशुल्क औषधी वडा क्लिनिकले दिने सेवा हुन । त्यसमा हरेक वडामा, आँखा शिविर, दन्त शिविर, मुटु र क्याम्सरका शिविरहरु पनि गरिन थालिका छन । ‘यसले न्युन आम्दानी भएका नागरिक, गर्भवती महिलाहरु र जेष्ठनागरिकहरुलाई बढी सहज भएको छ’ उपमहानगरका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले भने । मेयर हमालले आफुले सरकारी गाडी नचढने भनेपछि उनले चढने गाडी वडा क्लिनिकमा प्रयोग भईरहेको  छ ।

विगतमा नगर प्रहरी भन्ने वित्तिकै आगो लागेमा निभाउनका लागि मात्रै आउने नगरका प्रहरी भन्ने बुझाई थियो । तर अहिले स्वतन्त्र मेयर हमालले नगर प्रहरीलाई ‘मल्टीपर्पोज’ बनाई दिएका छन । नगरबासीको घरमा सर्प पस्यो, टोलफ्रि नम्बरमा फोन गर्ने वित्तिकै नगर प्रहरी पुुगिहाल्छ । नगरभीत्र रातविरात कोही अलपत्र प¥यो, घर जाने साधन पाएन, त्यसको सारथी नगरप्रहरी भएको छ । केही खाएर फोहर फाल्यो, त्यसको जनचेतनाका लागि नगर प्रहरी खटिएको छ । सडकमा ‘नो पार्किङ’ मा पार्किङ गरेको कुरा ट्राफिक प्रहरी भन्दा पनि बढी सक्रिय नगर प्रहरी देखिएको छ ।

नगर प्रहरीका लागि उपमहानगरभीत्रै एसी ब्यारेक निर्माण गरिएको छ । उनहरुका लागि साईरन सहितका मोटरसाईकल दिईएको छन । नगरबासी कुनैको मृत्युभयो र उसलाई अन्तिम संस्कारका लागि समस्या छ भने नगर प्रहरी ५ हजार रकम सहित आफन्तको घरमा पुुगेर सलाम गरेर आउन थालेपछि नगरप्रहरी प्रति नगरबासीको अझ आत्मीयता बढेको देखिन्छ ।

धनगढी उपमहागर भईसकेपछि त्यहाँ सेवाग्राहीको भिडभाड हुने गर्छ, त्यो स्वभाविक नै हो । विगतका वर्ष उपमहानगरमा आएका सेवाग्राही रुखमुनी बसेर आफ्नो काम गर्थे तर यसपाली मेयर हमालले सेवाग्राहीहरुका लागि एसी सहितको प्रतिक्षालय निर्माण गरेका छन । त्यस प्रतिक्षालयमा टेलिभीजन जडान भएको छ । त्यहाँ डिजिटल नागरिक वडापत्र राखिएको छ । उनीहरुका लागि चिसो÷तातो पानीको ब्यवस्था गरिएको छ । जस कारण सेवाग्राहीलाई सहज भएको छ ।

धनगढी उपमहानगरपालिका भी ‘आमा बचाउ अभियान’ पनि सञ्चालनमा छ । हरेक गर्भवती महिनालाई अस्पताल ल्याउन र घर पुुगाउन उपमहानगरले निशुल्क एम्बलेन्सको ब्यवस्था गरिदिएको छ । ‘कतिपय आमाहरु अस्पताल आउने साधन नपाएर ज्यान नै गुमाउनु परेको देखेर यस्तो गरिएको हो’ मेयर हमालले भने । ‘स्थानीय सरकार भनेकै स्थानीयको सहयोगका लागि हो । हामीसँग पुर्वाधार निर्माणका लागि अर्वौं बजेट हुदैन, भएको बजेटको परिधिभीत्र रहेर जनतालाई बढी भन्दा बढी सेवा दिने हो ।’

यसअघि अपांगता भएका ब्यक्ति बैशाही र ह्विलचेयरका लागि गैरसरकारी संस्थाहरुमा धाउथे । तर गतवर्ष देखि उपमहानगरपालिकाले हरेक वडालाई लक्षित गर्दै अपांगता भएका ब्यक्ति छानेको छ । पहिलो चरणमा उनीहरुलाई छानेर आवश्यक परेको बैशाखी, ह्विलचेयर, नक्कली हात वा खट्टुा वितरण गरिसकेको छ भने दोस्रो चरणको अपांगता भएका ब्यक्तिहरुलाई छान्ने र उनीहरुको आवश्यकताको सामाग्रीको विवरण संकलनको कार्य चलिरहेको छ ।

धनगढी उपमहानगपालिकाले पर्यावरण संरक्षणमा अझ बढी जोड दिएको छ  । ‘हाम्रो धनगढी ग्रीन’ धनगढी अभियान अन्तर्गत हजारौं विरुवा रोपीएका छन । नगरबासीले एक विरुवा बाफत ५ हजार रकमका दरले उपमहानगरलाई सहयोग पनि गरेका छन । विरुवा र त्यसको ट्री गार्ड उपमहानगरले लगाउने र त्यसमा आफ्नो पितृ, आफन्त वा ब्यवसायको नाम लेखेवाफत उपमहानगरले करोडौं रकम सहयोग पाएको छ । 

धनगढी बजार क्षेत्र ५ वटा खोला नाला भएको क्षेत्र हो । २०२१ सालको नापी अनुसार अहिले खोलाका किनारहरुमा अतिक्रमण बढेको छ । धेरैले नगरविकास समितिका नाममा खोलानाला छेउछाको जग्गा आफ्नो नाममा हालिसकेका छन । तर ऐलानी रहेको र खोलाको क्षेत्रधीकार भीत्रको धेरै स्थानको अतिक्रमण हटाईएको छ । 

शिक्षाका लागि पनि उपमहानगरमा भारतको राजधानी दिल्लीको केजरीवाल मोडेल लागु गराउने प्रयासको सुरुवात भएको छ । गत शैक्षिक सत्रमा धनगढी भीत्रका १७ सामुदायीक र १ नीजि विद्यालयको नतीजा सुन्य आएको थियो । त्यो अवस्था देखेर यसपाली नमुना विद्यालय बनाउने, विद्यालयका शिक्षकहरुलाई अध्यापन प्रति उत्तरदायी बनाउन विभिन्न स्किमहरु उपमहानरले सार्वजनिक गरेका छन ।