Skip to main content

निर्वाचन कार्यालयद्वारा बझाङको निर्वाचन परिणामको प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश

Submitted by editor on
ईबिगुल संवाददाता
निर्वाचन कार्यालयद्वारा बझाङको निर्वाचन परिणामको प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश

धनगढी :  प्रदेश निर्वाचन कार्यालय धनगढीले प्रदेश प्रमुख नजिर मियाँलाइ बझाङ उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन बुझाएको छ । प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले प्रदेश प्रमुख मियाँलाई आईतबार प्रदेशसभा उपनिर्वाचन २०८१ को परिणामसहितको प्रतिवेदन बुझाएका हुन ।

उक्त प्रतिवेदनमा वैशाख १५ गते बझाङमा सम्पन्न उपनिर्वाचनमा विजयी भएका र उम्मेदवार रहेका सबैको मत परिणाम उल्लेख गरिएको छ । प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेस ढुङ्गाना, प्रमुख स्वकीय सचिव सविर अली लगायतको उपस्थितिमा प्रतिवेदन हस्तान्तरण गरिएको हो ।

मत परिणाम सहितको प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख मियाँले निष्पक्ष, स्वच्छ र विश्वसनीय निर्वाचन सम्पन्न गरेको भन्दै निर्वाचन आयोगलाई धन्यवाद दिएका थिए ।