Skip to main content

विक्रि हुनथाल्यो, धनगढीको बर्गिकृत गरिएको फोहर

Submitted by editor on
ईबिगुल संवाददाता
बिक्री गरिदैछ ।

धनगढी : धनगढी उपमहानगरपालिकाले वर्गिकृत गरिएको फोहर विक्रि गरिन थालिएको छ । उपमहानगरपालिकाले स्रोतबाटै बर्गिकरण गरेर संकलन गरेको फोहर विक्रि हुन थालेको हो । धनगढी उपमहानगरपालिकाले वडा नम्बर २ मा सूक्ष्म बर्गिकरण केन्द्र सञ्चालन गरेपछि पहिलो पटक फोहर विक्रि गर्न थालेको हो ।

उपमहानगरपालिकाले करिब १५ लाख मुल्यको वर्गाीकरण गरिएको फोहर बिक्री गर्न लागेको छ । उपमहानगरपालिकाले फोहर बिक्री गर्न मूल्य सूचि नै तयार पारेर ठेक्का सम्झौता गरिसकेको छ ।

उपमहानगरपालिकाले सञ्चालन गरेको केन्द्रका प्राविधिकसहितका कर्मचारीको तलब खर्चको रकम वर्गीकृत फोहर बिक्रीबाट संकलन गर्ने योजना छ । उपमहानगरपालिकाले तयार पारेको वर्गीकृत फोहरको न्यूनतम दररेट तयार पारेर ठेक्काका लागि सूचना सार्वजनिक गरेको थियो । उपमहानगरपालिकाको बोलपत्रमा बढी दर पेस गर्ने सोनुराज ट्रेड एण्ड सप्लायर्सले ठेक्का पाएको छ ।

कम्पनीले आइतवारदेखि वर्गीकृत फोहर ढुवानी सुरु गरेको उपमहानगरपालिकाका सरसफाइ व्यवस्थापन शाखाप्रमुख अशोक अवस्थीले बताए । उपमहानगरपालिकाले भुरा कागजको १० रुपैयाँ, कपिको १३ दशमलव ५०, किताबको १३ दशमलव ५०, एलडी÷एचएमको ३५, पिपिको २०, पेट बोतलको ४० रुपैयाँ, गुडिया २२ रुपैयाँ, कचराको पाँच दशमलव ५०, पिभिसिको पाँच दशमलव ५०, कट्टाको पाँच दशमलव ५०, रसिहरुको पाँच दशमलव ५० र बोतल प्लास्टिकको दुई दशमलव ५० रुपैयाँ प्रति किलोग्रामको दरले बिक्री गरिदैछ ।

यस्तै, टीनको ४५, फलामको ४८, आल्मुनियमको दुई सय २०, तामाको नौ सय ५०, पित्तलको ६ सय ५०, बियरका बोतलको २ दशमलव ५०, सेतो बोतलको पाँच, रुस्लान, खुकुरी लगायत बोतलको १० रुपैयाँ, काठ र दाउराको ६ रुपैयाँ तथा तारको २० रुपैयाँ प्रति किलोग्राममा बिक्री थालिएको हो । टायरको १३, ट्युवको २२ रुपैयाँ प्रति किलोग्राममा बिक्री सुरु गरिएको छ ।

धनगढी उपमहानगरपालिका–२ मा एक बिघा जग्गा वार्षिक ८८ हजार आठ सय ८८ रुपैयाँमा भाडामा लिइएको छ । उपमहानगरपालिकाले १९ लाखमा उपकरण तथा संरचना निर्माण गरेको छ । ७ लाखको घेरबारसमेत गरिएको छ । उपकरणका लागि आवश्यक विद्युत् जडान गरेर दुई जना प्राविधिकसहित १२ जनाले सूक्ष्म वर्गीकरण केन्द्र सञ्चालनमा ल्याएका छन ।

सरसफाइ व्यवस्थापन शाखाप्रमुख अवस्थीले कर्मचारीको तलब, विद्युत महसुल, इन्धन लगायत खर्चका लागि वर्गीकृत फोहर बिक्रीको रकमले खर्च धान्ने बताए । धनगढी उपमहानगरपालिकाले केन्द्र सञ्चालनको एक वर्षमा कम्तीमा १५ लाखको वर्गीकृत फोहर बिक्री थालेको छ ।