Skip to main content

बझाङबाट उपनिर्वाचन जितेका दमन भण्डारीले लिए शपथ

Submitted by editor on
ईबिगुल संवाददाता
पद तथा गोपनीयताको शपथ

धनगढी : नेकपा एमालेबाट बझाङ क्षेत्र नं.१ (१) को उपनिर्वाचन निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुख भीमबहादुर भण्डारीले बिहिवार उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

वैशाख १५ गते भएको निर्वाचनमा नेकपा एमालेका भण्डारी ११ हजार ६१२ मतसहित विजयी भएका थिए । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका अभिषेकबहादुर सिंहलाई २६७ मतले पछि पार्दै निर्वाचित भएका हुन् ।

सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका थिए । २०७९ को निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित नेपाली काँग्रेसका प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको थियो । भण्डारीसहित एमालेबाट सुदूरपश्चिममा ११ जना प्रदेश सभा सदस्य भएका छन् ।