Skip to main content

यातायात कार्यालय धनगढीद्वारा ५१ करोड राजश्व संकलन

Submitted by editor on
राष्ट्रिय समाचार समिति
५१ करोडभन्दा बढी राजश्व सङ्कलन

कैलाली : यातायात व्यवस्था कार्यालय धनगढीले चालु आर्थिक वर्षको हालसम्म  ५१ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ । यातायात कार्यालयले चालु आब २०८०÷८१ को हालसम्म विभिन्न राजश्व शीर्षकबाट  ५१ करोड ७८ लाख ७७ हजार तीन सय ९१ रूपैयाँ राजश्व सङ्कलन गरेको यातायात व्यवस्था कार्यालय धनगढीका निमित्त कार्यालय प्रमुख नरेन्द्र शाहले जानकारी दिए । 

निमित्त प्रमुख शाहका अनुसार कार्यालयले सवारी साधन करबाट सबैभन्दा बढी  ४० करोड २८ लाख ५२ हजार एक सय ७३ रुपैयाँ राजश्व सङ्कलन गरेको छ । सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट १९ हजार नौ सय रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

चालक अनुमति पत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट १० करोड ६० लाख ७२ हजार नौ सय आठ रुपैयाँ, बाटो इजाजत, प्रदूषण र जाँचपासबाट  ८३ लाख ५७ हजार ८५ रुपैयाँ र व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट ४५ लाख छ हजार पाँच सय २५ रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।
यस्तै चालु आवमा कार्यालयको बेरुजु रकम  एक लाख १८ हजार आठ सय रुपैयाँ रहेको कार्यालयका निमित्त प्रमुख शाहले बताए ।

त्यसैगरी यातायात व्यवस्था कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७९र÷८० मा विभिन्न राजश्व शीर्षकबाट   ६३ करोड ९४ लाख ३० हजार चार सय १४ रुपैयाँ राजश्व सङ्कलन गरेको उनले बताए ।

जस अन्तर्गत कार्यालयले सवारी साधन कर शीर्षकबाट सबैभन्दा बढी  ४७ करोड १७ लाख ७२ हजार एक सय ४४ रुपैयाँ र सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्क शीर्षकबाट  २० हजार रुपैयाँ राजश्व सङ्कलन गरेको थियो ।

यस्तै चालक अनुमति पत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट  १५ करोड ४२ लाख ७६ हजार सात सय २५ रुपैयाँ, बाटो इजाजत, प्रदूषण र जाँचपासबाट  एक करोड २२ लाख छ हजार ५० रुपैयाँ र व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट  नौ लाख ९२ हजार १५ रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।
यस आर्थिक बर्षमा बेरुजु रकम  एक लाख ६३ हजार चार सय ८० रुपैयाँ रहेको कार्यालयका निमित्त प्रमुख शाहले बताए । 

यस्तै कार्यालयले आर्थिक बर्ष २०७८÷७९ मा विभिन्न राजश्व शीर्षकबाट ५५ करोड ३६ लाख ४६ हजार एक सय ९२ रुपैयाँ राजश्व सङ्कलन गरेको जनाइएको छ ।