Skip to main content

दार्चुलाको गन्याड खोला तर्ने क्रममा बगेर काका–भतिजको मृत्यु

Submitted by editor on
ईबिगुल संवाददाता
दार्चुलामा खोला तर्ने क्रममा बगेर काका–भतिजको मृत्यु

दार्चुला : दार्चुलामा खोला तर्नेक्रममा बगेर २ जनाको मृत्युभएको छ । मार्मा गाउँपालिका वडा–५ मुरैस्थित गन्याड खोला तर्ने क्रममा २५ वर्षीया झुपा टमटा र अम्मर टमटाका ६ वर्षीय छोरा ऐन टमटाको मृत्युभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

उनीहरु काका भतिजा पर्छन । खोला तर्नेक्रममा बेपत्ता भएका दुबैजना घटनास्थलबाट केही तल मृत फेला परेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले बताए ।