Skip to main content

यसरी फर्कियो अछामका चार सय १८ जनाको आँखाको ज्योती

Submitted by editor on
आँखाको ज्योती

अछाम : अछामका ४१८ जनाको आँखाको ज्योती फर्काइएको छ । अछामको सदरमुकाम मंगलसेन, कमलबजार र बयलपाटामा गरिएको आँखा स्वास्थ्य शिविरमा ४१८ जनाको आँखाको ज्योती फकाईएको गेटा आँखा अस्पतालका बाह्य सम्पर्क अधिकृत रमेशचन्द्र भट्टले जानकारी दिए । 

नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल, कमलबजार र मंगलसेन नगरपालिकाको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय अछाम, फ्रेड हलोज फाउण्डेशन र ह्यामर रोटरी क्लब नर्वेको सहयोगमा २०८१ जेष्ठ २१ गते देखि २९गते सम्म अछाम जिल्लाको ३ स्थानमा निशुल्क आँखा शिविर सञ्चालन गरिउको थियो । 

शिविरहरुमा २७ सय ५९ जनाले आँखाउ पचार सेवा लिएका थिए । जसमध्ये ४११ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरि लेन्स प्रत्यारोपण गरिएको थियो । 

७ जनाको आँखाको अन्य रोगको पनि शल्यक्रिया गरिएको थियो  शिविरमा ८ सय ७५ जनालाई चश्मा उपलब्ध गराइएको थियो भने १४ सय ६६ आँखाका रोगीहरुmाई  औषधि वितरण गरिएको भट्टले बताए ।

शिविरमा सेवालिने मध्ये केही ब्यक्ति आर्थिक अभाव तथा सेवालिन अस्पताल आउन नसकेका कारण मोतिविन्दु पालेर दुबै आँखा नदेख्ने भएका थिए । गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञ डाक्टर अनील गुरुङको नेतृत्वमा संचालित उक्त शिविरहरुमा नेत्र अधिकृत नरेन्द्र राज बिष्ट लगायत १३ जना प्राविधिकहरुको टोलीले सेवा प्रदान गरेका थिए ।