Skip to main content

आर्थिक मामिलामन्त्री पाल भन्छन–‘हामीले बजेट चलाउनै पाएनौं’

Submitted by editor on
ईबिगुल संवाददाता
सुरेश्द्र बहादुर पाल

धनगढी : सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री सुरेश्द्र बहादुर पालले मन्त्रालयबाट आएको बजेट सिलिङ अनुसार नै बजेट आएको बताएका छन । उनले भुगोलका आधारमा सन्तुलित बजेट ल्याएको दाबी गरे ।

आर्थिक मामिला मन्त्रालयले आईतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पालले यस्तो बताएका हुन । ‘हामीले बजेट चलाउनै पाएनौ, मन्त्रालयबाट आएको बजेट सिलिङमा एक पैसा पनि तल माथि गरेनौं’ उनले भने । 

सुदूरपश्चिममा बजेट तयार भएपछि मात्रै मन्त्रीमण्डल विस्तार भएको थियो । पाल जेठ २८ गते मात्रै मन्त्री भएका थिए । उनले, ९ जिल्लामा ९ उद्योग स्थापना, ३२ निर्वाचन क्षेत्रमा एउटा सामुदायीक विद्यालयलाई नुमना बनाउने कार्य, ९ वटै जिल्लामा कृषिका प्याकेजहरु, प्रदेश मातहतका अस्पतालहरुमा बजेट बढाएको बताए ।

शनिबार मात्रै मनत्री पालले ३१ अर्व ६२ करोड ९८ लाख २८ हजारको बजेट प्रस्तुत गरेका थिए । सुदूरपश्चिममा चालुतर्फ ११ अर्व ७ करोड १९ लाख ६३ हजार विनियोजन गरिएकोमा पूँजीगत तर्फ भने १६ अर्व ५३ करोड ८ लाख विनियोनज गरिएको छ । 

आन्तरिक राजश्व परिचालन तर्फबाट  १ अर्व ६० करोड, राजश्व बाँडफाँड तर्फबाट ९ अर्व ९९ करोड, संघीय रोयल्टी बाँडफाँडबाट ४ अर्ब ४० लाख, समानीकरण अनुदान ८ अर्व ७२ करोड, ससर्त अनुदान ३ अर्व १३ करोड, संघीय समपूरक अनुदान १ अर्व ४२ करोड र विषेश अनुदानबाट ५५ करोड बजेट अनुमान गरिएको छ । 

आर्थिक मामिला मन्त्री पालले चालुआर्थिक वर्षको बिनियोजन बजेटबाट ६ अर्व १५ करोड रकम बच्चे बताउदै त्यसलाई पनि आगामी वर्षको बजेटको आम्दानी बाँधेका छन ।