Skip to main content

न्युमिडिया समेटिने गरि छिट्टै आमसञ्चार नीति ल्याईने सञ्चारमन्त्री शर्माको दाबी

Submitted by editor on
ईबिगुल संवाददाता
रेखा शर्मा


धनगढी : सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले छिट्टै आमसञ्चार नीति ल्याउने आउने बताएकी छन । अहिलेका नयाँ मिडियालाई पनि समेटने गरी नयाँ आमसञ्चार नीति ल्याउन लागिएको उनले बताईन ।

प्रेस सेन्टर कैलालीले शनिबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले यस्तो बताएकी हुन । उनले सूचना प्रविधि दशक अभियानले निजी क्षेत्र उत्साहित भएको बताउदै सूचना प्रविधिलाई व्यवस्थित बनाउन सकिने विश्वास व्यक्त गरिन् ।

सरकारले कार्यदल गठन गरि सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन दश वर्षे गुरुयोजना निर्माणको गृहकार्यमा अघि बढेको समेत बताइन् ।

सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन सकेमा अर्बौँ राजश्व भित्र्याउन सकिने पनि उनको भनाई थियो । अहिले मिडिया काउन्सिल ऐन संसदमा रहेको बताउदै मन्त्री शर्माले सामाजिक सञ्जाल सम्बन्धी विधेयक, आमसञ्चार विधेयक दर्ता प्रक्रियामा रहेको जानकारी दिएकी छन् ।

साथै दूरसञ्चार ऐनको ड्राफ्ट तयार भएको पनि उनले बताइन् । प्रचण्ड नेतृत्वको वर्तमान सरकारले सुशासन, समृद्धि, सामाजिक न्यायका पक्षमा काम गरिरहेको दाबी समेत उनको थियो । ललिता निवास प्रकरण, भुटानी शरणार्थी, सुन काण्ड जस्ता प्रकरणमा सरकारले काम गरेर संलग्न जोसुकै पनि सजाएको भागिदार हुन्छ भन्ने स्थापित गरिदिएको दाबी समेत गरिन् ।

फरक प्रसंगमा बोल्दै मन्त्री शर्माले बाहिर चर्चा चलेजस्तो वर्तमान गठबन्धनमा कुनै समस्या र विकल्पको खोजी नभएको दाबी गरिन् । कतिपयले कांग्रेसकै नेतृत्वमा पूरानो गठबन्धन ब्यँतिने आशंका गरिरहेका बेला शर्माले सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुमा मतभिन्नता देखिनुलाई अन्थयता लिन नहुने बताईन ।
उनले अहिलेको सहकार्य लामो समय चल्ने दाबी गरिन । प्रधानमन्त्रीले सत्ता साझेदार दल नागरिक उन्मुक्ति र जनमत पार्टीलाई समेत सरकारमा सहभागी गराउने तयारी गरिरहेको उनले बताईन ।