Skip to main content

अछामको छाउगोठमा भएको बलात्कार घटनाको संसदीय समितिले पनि छानविन गर्ने

Submitted by editor on
ईबिगुल संवाददाता
 संसदीय समिति

धनगढी  ः अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा  १६ वर्षीया किशोरी बलात्कार घटनाको अध्ययनका लागि प्रदेशको संसदीय समिति मंगलबार घटनास्थल जाने भएको छ । 

एमालेबाछ प्रदेश सभा सदस्य सन्तोष शर्मा थापा, नागरिक उन्मुक्तिबाट ईन्दिरा गिरि, राप्रपाबाट खेमा विष्ट लगायतका प्रदेश सभा सदस्यहरु घटनाको अध्ययनका लागि विनायक जान लागेका हुन । ‘संसदय समितिले अध्ययनका लागि विनायक जाने निर्णय गरेको छ । मंगलबार हामी त्यसतर्फ जादैछौं’ एमालेबाट प्रदेश सभा सदस्य सन्तोष शर्मा थापाले भनिन । 

यसअघि प्रदेश सभा सदस्यहरुलले घटनामा संलग्नलाई कारबाही गर्न माग गरेका थिए । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई एक विज्ञप्ति बुझाउँदै प्रदेशका दुई सांसदले घटना प्रति सरकारको ध्यानाकर्षण गराउँदै पिडकलाई कारबाहीको माग गरेका हुन् ।

एमाले संसदीय दलकी उपनेता सन्तोष शर्मा थापा  र राप्रपा सांसद खेमा विष्टले उपसचिव  कृष्ण नेपाललाई ज्ञापन पत्र बुझाउँदै घटनाको विषयमा ध्यानाकर्षण गराएका हुन । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका मुख्यमन्त्री दीर्घ सोडारीलाई आन्तरिक मामिला मन्त्रालयमार्फत नै घटनाप्रति गम्भीर ध्यानाकर्षण गराईएको एमाले संसदीय दलका उपनेता रहेकी थापाले बताईन ।

‘पञ्चदेवल विनायक नगरपालिकामा १६ बर्षिया किशोरीमाथि  छाउगोठमा बलात्कार भएको थियो । यस्ता घटना फेरि नदोहरिन भनी सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै पीडकलाई हदै सम्मको कारबाहीको माग गर्दछौँ’ आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बुझाइएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।