Skip to main content

सहिद दशरथ चन्द विश्वविद्यालयलाई गतिशीलता प्रदान गर्न पहल गर्छौ : मुख्यमन्त्री शाह

Submitted by editor on
ईबिगुल संवाददाता
सहिद दशरथ चन्द विश्वविद्यालय

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गोदावरी नगरपालिका–५ स्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई गतिशीलता प्रदान गर्न आफूले सक्दो पहल गर्ने बताएका छन्। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले सङ्घ सरकारसँगको संवाद र छलफलबाट विश्वविद्यालयलाई गतिशीलता प्रदान गरिने बताएका हुन्।

मुख्यमन्त्री शाहले सङ्घ सरकारसँग निरन्तर संवाद गरेर पदाधिकारी नियुक्ति, बजेट तथा संरचना व्यवस्थापनमा पहल गरिने बताए। केही दिनअघि विश्वविद्यालयबारे प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा आर्जु राणा देउवा र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीसँग छलफल गरेको उनले जानकारी दिए। समितिले चालु आर्थिक वर्षमा नै चिकित्सा शिक्षा ९एमबीबीएस० अध्ययनका लागि सिट सङ्ख्या निर्धारण गर्ने प्रक्रिया सुरु गर्न र ६०० शय्याको अस्पताल सञ्चालनका लागि भौतिक संरचना तयार भए तत्काल तीन सय शय्यामा अस्पताल सञ्चालन गर्न पहलका लागि मुख्यमन्त्री शाहलाई आग्रह गरेको छ।

ऐनअनुसार विश्वविद्यालय सभा गठन र पदाधिकारी नियुक्ति गरी रोजगारी, व्यवसाय, पर्यटन र आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउने गरी यथाशीघ्र काम अगाडि बढाउन सङ्घर्ष समितिले आग्रह गरेको छ।