Skip to main content

सुदूरपश्चमबाट दामोदर भण्डारी सहित तीन जना मन्त्री बन्दै

Submitted by editor on
ईबिगुल संवाददाता
तीन जना मन्त्री बन्ने

धनगढी  ः नयाँ सत्ता समिकरणमा सुदूरपश्चिमबाट नेकपा एमाले्का दामोदर भण्डारी सहित तीन जना मन्त्री बन्ने भएका छन । भण्डारी उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रीमै दोहोरिने भएका हुन भने काँग्रेसबाट रमेश लेखक गृहमन्त्री र आरजु देउवा परराष्ट्र मन्त्री बन्ने भएका हुन । 

प्रधानमन्त्री केपी शर्मा ओलीले केहीबेरमा पद तथा गोपनीयताको शपथ लिँनेछन भने त्यस लगत्तै मन्त्रीहरुका पनि सपथ हुने तयारी भएको छ । शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई आज बिहान ११ बजे शपथ ग्रहण गराउने कार्यतालिका छ ।

नेकपा एमालेबाट बन्ने मन्त्रीहरु

१) विष्णु पौडेल –उपप्रधानसहित अर्थमन्त्री 
२) पृथ्वीसुब्बा गुरुङ – सञ्चार मन्त्री 
३) मानवीर राई – रक्षामन्त्री 
४) विद्या भट्टराई – शिक्षामन्त्री
५) देवेन्द्र दाहाल –भौतिक योजनामन्त्री 
६) राजकुमार गुप्ता –संघीय मामिलामन्त्री 
७) दामोदर भण्डारी –उद्योगमन्त्री
८) बलराम अधिकारी –भूमि व्यवस्था तथा सहकारी