Skip to main content

संघीय सरकारमा सुदूरपश्चिमबाट चारजना मन्त्री (कार्यविभाजन सहित)

Submitted by editor on
 चार जना मन्त्री

धनगढी  ः संघीय सरकारमा सुदूरपश्चिमबाट चार जना मन्त्री भएका छन । एमालेबाट दामोदर भण्डारी र नेपाली काँग्रेसबाट रमेश लेखक, आरजु देउवा र बद्री पाण्डे मन्त्री भएका हुन । 

भण्डारी उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री, लेखक गृहमन्त्री, देउवा परराष्ट्रमन्त्री र पाण्डे संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका छन । केही बेरअघि प्रधानमन्त्री केपी शर्मा ओली सहित २२ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन ।

मन्त्रीहरुको कार्यविभाजन यसप्रकार छ–
१. केपी शर्मा ओली, प्रधानमन्त्री
२. प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास
३. विष्णु पौडेल, उपप्रधान तथा अर्थ
४. पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय
५. रमेश लेखक, गृह
६. शरतसिंह भण्डारी, श्रम तथा रोजगार
७. आरजु राणा देउवा, परराष्ट्र
८. नवलकिशोर साह सुडी, महिला बालबालिका
९. बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी
१०. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति
११. देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात
१२. तेजुलाल चौधरी, युवा तथा खेलकुद
१३. प्रदीप यादव, खानेपानी
१४. प्रदीप पौडेल, स्वास्थ्य
१५. अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिला
१६. बद्री प्रसाद पाण्डे, पर्यटन
१७. रामनाथ अधिकारी, कृषि
१८. विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि
१९. मानवीर राई, रक्षा
२०. दीपक खड्का, जलस्रोत तथा ऊर्जा
२१. राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य
२२. ऐनबहादुर शाही ठकुरी, वन तथा वातावरण