Skip to main content

प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिने

Submitted by editor on
एजेन्सीहरुको सहयोगमा
केपी शर्मा ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अथवा साउ ६ गते विश्वासको मत लिने भएका छन । प्रधानमन्त्री ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

उनका अनुसार प्रधानमन्त्री ओलीले संसद सचिवालयलाई पनि विश्वासको मत लिने कुरा जानकारी गराएका छन् । संसदको ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओलीले असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले असार ३१ गते सपथग्रहण गर्दै २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।

उनले कांग्रेससँगै जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि सरकारमा सहभागी गराएका छन् । सरकारमा कांग्रेसका १०, एमालेका ८, जनता समाजवादी पार्टीका २ र लोकतान्त्रिक समाजवादी पार्टीका एक मन्त्री सहभागी छन् ।