Skip to main content

एकैछिनको वर्षाले डुब्यो, कञ्चनपुरको ब्रह्मदेव बजार

Submitted by editor on
बाढीले खल्ला मसेट्टि संगको यातायात सम्पर्क टुटेको छ भने एक घर भत्काएको छ । डुबानमा परेर स्थानीयको खाद्यान्न लत्ता कपडा लगायतमा क्षति भएको छ । महाकाली सिचाँइको नहर भत्किदा केहि घर जोखिममा परेका छन ।
महादेव अवस्थी
 बाढीले खल्ला मसेट्टि संगको यातायात सम्पर्क टुटेको छ भने एक घर भत्काएको छ । डुबानमा परेर स्थानीयको खाद्यान्न लत्ता कपडा लगायतमा क्षति भएको छ । महाकाली सिचाँइको नहर भत्किदा केहि घर जोखिममा परेका छन ।

महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका –९ स्थित ब्रह्मदेब बजार डुबानमा परेको छ । चुरे भएर बग्ने गहताडी खोलाको बाढी बजार र आसपासका बस्तीमा पसेपछि बजार जलमग्न भएको हो । 

ब्रह्मदेव बजारका पसलभित्र बाढी पसेपछि ठुलो क्षति पुगेको छ ।  भीमदत्त नगरपालिका वडा–९ का अध्यक्ष गगन सिंह कार्कीले आइतबार बिहान चार बजेदेखीको अविरल वर्षापछि आएको बाढी बस्ती पसेको बताए । ‘चुरे भएर बग्ने खहरे खोलाहरु बस्ती र बजार पसेपछि डुबान हुँदा ठुलो क्षति भएको छ’ अध्यक्ष कार्कीले भने । ‘बजारका पसल भित्र बाढी पस्दा ठुलो क्षति भएको छ, दर्जन बढी घर जोखममा परेका छन ।’

उनका अनुसार बाढीले खल्ला मसेट्टि संगको यातायात सम्पर्क टुटेको छ भने एक घर भत्काएको छ । डुबानमा परेर स्थानीयको खाद्यान्न लत्ता कपडा लगायतमा क्षति भएको छ । महाकाली सिचाँइको नहर भत्किदा केहि घर जोखिममा परेका छन ।

‘बलियो तटबन्ध नभएसम्म बाढीको जोखिम हट्ने देखिदैन’ अध्यक्ष कार्कीले भने । सीमावर्ती बजार ब्रम्हदेबमा तीन सय पसल डुबानमा परेर व्यवसायीको लाखौँको समान भिजेर नष्ट भएको स्थानीयको भनाई छ ।