Skip to main content

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु क्याप्टेन घाईते

Submitted by editor on
एजेन्सीहरुको सहयोगमा
सौर्य एयरलाइन्सको विमान दुर्घटना

काठमाडौं :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको  छ । क्यानका प्रवक्ता  हंशराज पाण्डेले जहाज दुर्घटनामा १८ जनाको शव भेटिएको र पाइलट मनीष शाक्यलाई उपचारका लागि अस्पताल पठाइएको अन्नपूर्ण पोस्टमा खबर छ ।

उनले भने ‘१८ जनाको शव संकलन गरिएको छ । यात्रु वा कर्मचारी को हुन् एकिन भएको छैन । पाइलटलाई उद्दार गरेर उपचारका लागि अस्पताल पठाइएको छ ।’ त्रिभुवन विमानस्थल कार्यालयका अनुसार जहाज उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको हो ।

जहाजमा चालकदलसहित १९ जना सवार रहेको बताइएको छ । स्रोतका अनुसार जहाजमा सर्वसाधारण यात्रु थिएनन् । सौर्य एयरलाइन्सकै मर्मत सम्भारका इन्जिनियर तथा प्राविधिकहरुको टोली पोखारा जानका लागि जहाजमा सवार रहेको बुझिएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।