Skip to main content

४० औं वार्षिकोत्सवका अवसरमा नविल बैंकद्वारा देशब्यापी ‘वाकाथन’

Submitted by editor on
ईबिगुल संवाददाता
नविल बैंक

धनगढी : आफ्नो ४० औं वार्षिकोत्सवको अवसर पारेर नविल बैंकले देशब्यापी नविल दिगो पाईला ‘वाकाथन’ को आयोजना गरेको छ । 

स्थापनाको ४०औँ वार्षिकोत्सवको अवसरमा बैंकले दिगो भविष्य निर्माणको प्रतिबद्धता जनाउँदै शनिबार बिहान देशव्यापि रुपमा ‘वाकाथन’ आयोजना गरेको हो । बैंकले हालसम्म प्राप्त गरेका उपलब्धिलाई संस्थागतगर्दै दिगो भविष्यप्रति प्रतिबद्धताका लागि ‘वाकाथन’ मार्फत ऐक्यबद्धता जनाएकोे बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले बताए ।

‘नबिल बैंक दिगो विकासका लागि प्रतिबद्ध छ, हामीले दिगो बैंकिङमार्फत् यसको सुरुआत गरिसकेका छौँ, आगामी दिनका लागि प्रतिबद्धता जनाउन चाहन्तौं’ उनले भने । बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र ढुंगानाले दिगो भविष्यको प्रतिबद्धता सहित देशव्यापी वाकाथन आयोजना गरिएको जानकारी दिए । शनिबार विहान काठमाण्डौंमा दरबारमार्गको तीनधारास्थित केन्द्रीय कार्यालयबाट सुरु भएको वाकाथन कमलादी, घण्टाघर, भद्रकाली मन्दिर, शहीद गेट, न्युरोड गेट, वसन्तपुर दरबार स्क्वायर हुँदै फेरि केन्द्रीय कार्यालायमा पुगेर टुंगिएको थियो ।

बैंकका अनुसार नारायणगढ, बिराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी, हेटौँडा र दाङमा पनि एकैसाथ वाकाथन आयोजना गरिएको थियो ।  नबिलबैंक नेपालका अग्रणी बैंकहरूमध्ये एक हो । बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटिएममार्फत सेवाप्रदानगर्दै आएको छ ।