Skip to main content

धनगढी उपमहानगरबासीले अब निशुल्क रगत पाउने

Submitted by editor on
ईबिगुल संवाददाता
निःशुल्क रगत

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकामा बसोबास भएका नागरिकले अब निःशुल्क रगत पाउने भएका छन् । धनगढी उपमहानगरपालिकाले रेडक्रस शाखा धनगढीसँग सम्झौता गर्दै नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको हो ।

सम्झौता अनुसार उपमहानगरपालिकाभित्र स्थायी बसोबास भएका बिरामीले चिकित्सकको सिफारिसमा रेडक्रसबाट निःशुल्क रगत पाउने छन् । नगरवासीले प्रयोग गरेको रगतको मूल्य रेडक्रसलाई उपमहानगरपालिकाले तिर्ने सम्झौता भएको मेयर गोपाल हमालले बताए । चालु आर्थिक वर्षका लागि उपमहानगर र रेडक्रस शाखाले निः शुल्क रगत उपलब्ध गराउने सम्झौता भएको छ ।

नगरवासीको उपचारका क्रममा आवश्यक पर्ने रगत तथा रगतजन्य पदार्थको सहज र निःशुल्क उपलब्धता गराउने नगरप्रमुख हमालले बताए । उपमहानगरपालिकाले रेडक्रस शाखा धनगढीलाई त्रैमासिक रुपमा रकम भुक्तानी गर्नेछ । बिरामीलाई रगत अभाव नहोस् भनेर उपमहानगरको विभिन्न स्थानमा रक्तदान शिविरसमेत सञ्चालन गरिने बताइएको छ ।

सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी जनसंख्या भएको सहर धनगढीमा बिरामीका लागि रगतको अभाव खड्किँँदै आएको छ । उपमहानगर र रेडक्रस शाखा धनगढीबिच गरिएको उक्त सम्झौताले समय–समयमा हुने गरेको रगत अभाव जस्तो समस्याको समाधानमा मद्दत पु¥याउने छ ।