Skip to main content

एयर डाईनेस्टीको हेलिकोप्टर दुर्घटनामा क्याप्टेनसहित पाँच जनाको मृत्यु

Submitted by editor on
एजेन्सीहरुको सहयोगमा
एयर डाईनेस्टीको

काठमाडौं : एयर डाईनेस्टीको हेलिकोप्टर दुर्घटनामा क्याप्टेनसहित पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा क्याप्टेन अरुण मल्ल र चार चिनियाँ पर्यटकको मृत्यु भएको हो । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले हेलिकोप्टरमा सवार पाँच जनाकै मृत्यु भएको पुष्टि गरे ।

हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउने चिनिया पर्यटकहरुमा तीन पुरुष र एक महिला छन् । जसमा ३८ वर्षीय जुताओ ताङ, ३६ वर्षीय जी ली, ४१ वर्षीय जेमिङ सी र महिला ३१ वर्षीया वु यीयाओ रहेका छन् ।

बुधबार चार जना पर्यटक लिएर हेलिकोप्टर काठमाडौंबाट रसुवाको स्याप्रुबेसी जाँदै थियो । स्याप्रुबेसीमा चिनियाँ पर्यटकलाई छाडेर त्यहाँ रहेका अन्य पर्यटकलाई काठमाडौं ल्याउन हेलिकोप्टर त्यसतर्फ गएको थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन।