Skip to main content

लगातारका हवाई दुर्घटनापछि प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

Submitted by editor on
एजेन्सीहरुको सहयोगमा
मन्त्रिपरिषदको आकस्मिक बैठक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले  मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।  एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

दुर्घटनाको बारेमा छलफल र निर्णय गर्न प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

हेलिकोप्टर दुर्घटनामा पाइलटसहित पाँचजनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा चारजना चाइनिज नागरिक रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । हेलिकोप्टर पाइलट अरुण मल्लले चलाएका थिए ।

यसघि साउन ९ गते काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको थियो । उक्त दुर्घटनामा १८ जना यात्रुले ज्यान गुमाएका थिए । दुर्घटनामा पाइलट मनिष शाक्य भने घाइते भएका थिए । उनी उपचारपछि डिस्चार्ज भइसकेका छन् ।