Skip to main content

सुदूरपश्चिममा शुक्रबारदेखि कर संकलनको कार्य सुचारु

Submitted by editor on
ईबिगुल संवाददाता
कर संकलनको कार्य सुचारु

धनगढी : सुदूरपश्चिमका शुक्रबार देखि कर संकलनको कार्य सुचारु भएको छ । प्रदेश सरकारले कर संकलनका लागि ‘सुदूरपश्चिमको सामयीक कर संकलन सम्बन्धि अध्यादेश २०८१’ पास गरेपछि शुक्रबार देखि कर संकलनको कार्य सुचारु भएको हो ।

साउन १ गते देखि प्रदेशमा बजेट शून्यताको अवस्था आएपछि सबैभन्दा बढी यातायात क्षेत्रका सेवाग्राही मर्कामा परेका थिए । यातायात क्षेत्रमा ब्लुबुक नविकरण, सडक ईजाजत पत्र, गाडिको जाँचपास, नामसारी जस्ता कामहरु बन्द भएका थिए । अध्यादेश आएसँगै शुक्रबार देखि यी सबै काम सुचारु भएको यातायात ब्यवस्था कार्यालय धनगढीले जनाएको छ । 

धनगढीको यातायात कार्यालयले शुक्रबार मात्रै २ लाख बढी राजश्व संकलन गरेको जनाएको छ । सुदूरपश्चिमका वार्षिक झण्डै २ अर्व भन्दा बढी राजश्व संकलन हुनेगर्छ । 

‘सुदूरपश्चिमको सामयीक कर संकलन सम्बन्धि अध्यादेश २०८१’ अध्यादेश विहीबार मन्त्रीपरिषदले पारित गर्दै प्रदेश प्रमुखले प्रमाणित गरेर राजपत्रमा प्रकाशित भएपछि शुक्रबार देखि कर संकलनको कार्य सुरु भएको हो ।