Skip to main content

कारागारबाट छुटेको हप्ता दिनमै चोरीगर्ने गिरिले लुकाईराखेको सुन पनि बरामद

Submitted by editor on
उनले मोबाईल चोरेको आरोपमा कैलाली कारागारमा साढे तीन वर्ष जेल सजाय र ३० हजार जरिवाना तिरेर छुटेकै सातौ दिनमा फेरि चोरी गरेका हुन । प्रहरी यसअघि नै उनको साथबाट ५५ तोला चाँदी र ६ हजार नगद बरामद गरिसकेको थियो ।
शिवराज भट्ट
सुनका गरगहना

धनगढी : धनगढीको बसपार्क नजिक चोरी भएको सुनका गरगहना प्रहरीले फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जनाकारी अनुसार धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ मा स्थित गीता भण्डारीले सञ्चालन गरेको खाजा पसलभित्र र केही गहना भण्डारीले नै भाडामा लिएको केराबारी नजिकको जमिनमा खाल्डो बनाएर लुकाई राखेको अवस्थामा फेला परेको जनाएको छ ।

प्रहरीले शनिबार नौगेडी, मंगलसुत्र, पत्थरवाला माला, बाला, टप, अंगुठी, सिक्री, र नगद ३४६ रुपैया बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदम बहादुर विष्टले बताए । 

भीमदत्त नगरपालिका वडा नम्बर १८ कञ्चनपुर स्थाई ठेगाना भएका र धनगढी १ एलएनचोक बस्ने ३१ वर्षका हर्कबहादुर गिरिले, साउन २३ गते धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बसपार्क नजिक बस्ने योगेन्द्र ओझाको घरको ताला तोडेर उक्त गरगहना र नगदी चोरी गरेका थिए ।

उनले मोबाईल चोरेको आरोपमा कैलाली कारागारमा साढे तीन वर्ष जेल सजाय र ३० हजार जरिवाना तिरेर छुटेकै सातौ दिनमा फेरि चोरी गरेका हुन । प्रहरी यसअघि नै उनको साथबाट ५५ तोला चाँदी र ६ हजार नगद बरामद गरिसकेको थियो ।

गिरिको आपराधिक यात्रा
गिरिको स्थाई घर भीमदत्त नगरपालिकाको वडा नम्बर १८ कञ्चनपुर हो । उनी २६ वर्षको उमेर भएका बेला २०७७ सालमा धनगढी आएर चोरीजन्य अपराधमा संलग्न भए । त्यतीबेला कतिपयका मोबाईल चोर्ने अपराध गरे । उनले धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का महेशराज जोशीको मोबाईल चोरेपछि उनको विरुद्ध मुद्धा प¥यो । 

गिरिका विरुद्ध जोशीले २०७७ साल कार्तिक २७ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्धा दर्ता गरे । उनी पक्राउ पनि परे । गिरिलाई जिल्ला अदालत कैलालीले २०७७ सालको चैत ४ गते चोरीको मुद्धामा साढे ३ वर्ष कैद र ३० हजार जरिवाना तोक्यो । 

कैलाली कारागारका प्रमुख दिपक जोशीले गिरि साढे ३ वर्षको सजाय भुक्तान गरेर यसै साउनको १७ गते जेलमुक्त भएका हुन । उनले जेलमुक्त भएको सातौं दिन अथवा साउनको २३ गते दिउसो साढे ११ बजेतिर ओझाको बसपार्क नजिकैको घरको २ वटा ताला तोडेर दराजभीत्र राखेको सुन, चाँदी र नगदी चोरी गरे ।
उनले चोरी गरेको गहना आफुनो धर्मदिदिको माइतीको धनगढी १ (नैनादेबी गेट नजिक) स्थिति घरमा लुकाएर राखे भने उनी चोरी भएको दिन राती सुत्न अमित प्लाजाभीत्रको गल्लीमा रहेको आफुनो नेपाली थरको साथीकोमा गए । गहना चोर्दै विक्रि गरेको रकमले पार्टी गरिरहेका बेला उनलाई विहीबार प्रहरीले पक्राउ गरेको हो ।

यसरी पत्ता लाग्यो, सुराक
ओझाको घरनजिकैको सिसि क्यामेरा गिरिको सुराक पत्ता लगाउने मुख्य कारण बन्यो । उनले घरमा पसेको, निस्केको र त्यहाँबाट बाहिर बजारतिर गएको सिसिक्यामेराको भिडियो प्रहरीले फेला पारेको छ । 

त्यही भिडियोको आधारमा प्रहरीले उनलाई मुख्य बजारमा पनि फलो गरेको थियो । उनी, रातोपुलबाट अटो चढेर नैनादेबी मन्दिर जाने गेट नजिक गए । त्यहाँ अटोबाट ओर्लिएका उनले मुख्यबजारमै रहेको धर्मदिदिको माईतीको घरमा गएको भिडियोले प्रहरीले उनको पहिचान गरेको हो । 

गिरिलाई शुक्रबार जिल्ला अदालत कैलालीबाट म्याद थप गरेर अनुसन्धान भईरहेको मुद्धा शाखाका ईञ्चार्ज उपेन्द्र बमले जनाएका छन ।