Skip to main content

दुई प्रदेश प्रमुखबीच भेटवार्ता, समन्वय र सहकार्यका बिषयमा छलफल

Submitted by editor on
ईबिगुल संवाददाता
भेटवार्ता

धनगढी : सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ र बागमती प्रदेश प्रमुख दीपक देवकोटाबिच भेटवार्ता भएको छ ।

सुदूरपश्चिम प्रदेश प्रमुख मियाँको निवासमा दुई प्रदेश प्रमुखहरू बिच भेटवार्ता भएको हो 
धनगढी निवासी देवकोटालाई सरकारको सिफारिसमा साउन १६ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश प्रमुखमा नियुक्त गरेका थिए ।

प्रदेश प्रमुख नियुक्त भएपछि पहिलो पटक देवकोटा धनगढी पुगेका हुन् । प्रदेश प्रमुख मियाँले प्रदेश प्रमुख देवकोटालाई आज आफ्नो निवासमा  स्वगत तथा बधाई ज्ञापन गर्दै सफल कार्यकालको कामना समेत गरेका थिए । 

भेटवार्तामा दुबै प्रदेश प्रमुखबिच समन्वय र सहकार्य गरि अगाडी बढ्ने विषयमा छलफल भएको थियो । संविधान कार्यान्वयन गर्दै  अगाडी बढ्ने दुबै प्रदेश प्रमुखहरूले बताएका थिए ।  

दुबै प्रदेश प्रमुखहरूले एक अर्कालाई शुभकामना दिएका थिए ।
अनुभव आदान प्रदान गर्दै संवृद्धि र विकासका बिचमा पनि  छलफल गरिएको थियो ।