Skip to main content

सुदूरपश्चिमका मुख्य न्यायाधिवक्ता जोशीले लिए शपथ

Submitted by editor on
ईबिगुल संवाददाता
ठेकेन्द्रराज जोशी

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता ठेकेन्द्रराज जोशीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख नजिर मियाँको उपस्थितिमा उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तीसिंह थापाले जोशीलाई  पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख मियाँले जोशीलाई आइतबार मुख्य न्यायाधिवक्ता नियुक्त गरेका थिए । धनगढी उपमहानगरपालिका–२ घर भएका जोशी यसअघि पनि मुख्यमन्त्री शाहकै नेतृत्वको सरकारको समयमा ८ महिना मुख्य न्यायाधिवक्ता बनेका थिए ।