Skip to main content

अक्सफोर्डका प्राध्यापक तीन महिनाको लागि धनगढीको एसपीए कलेजमा

Submitted by editor on
प्रोफेसर क्रिस वाल्टर्सले तिन महिना एसपीए कलेजमा थिएटर र आर्ट सम्बन्धी अध्यापन गराउने छन ।
ईबिगुल संवाददाता
सपीए कलेजमा प्रोफेसर क्रिस वाल्टर्स

धनगढी  ः धनगढीको एसपीए कलेजमा प्रोफेसर क्रिस वाल्टर्सले थिएटर र आर्ट सम्बन्धी अध्यापन गराउने भएका छन् । गत बुधवार एसपीए कलेज पुगेका युके ( युनाइटेड किङडम) अक्सफर्डका नागरिक प्रोफेसर वाल्टर्सले ३ महिना थिएटरर आर्टमा रुचि भएका विद्यार्थीहरूलाई अध्यापन गराउने भएका हुन । 

एसपीए कलेजका विद्यार्थीहरूको थिएटर एण्ड आर्ट क्लबले ओ.डी.सी मा प्रस्तुत गर्नका लागि सेक्सपीयरन नाटक र अन्य स्थानी नाटकहरू निर्माण गर्न गइरहेको छ । उक्त कार्यका लागि विद्यार्थीहरूलाई प्रोफेसर क्रिस वाल्टर्सले महत्त्वपूर्ण सहयोगी भूमिका खेल्ने छन् । गीत संगितको निर्माण, डाइरेक्सन लगायतका विषयहरू पनि विद्यार्थीहरूलाई सिकाउने छन् । 

वाल्टर्स सँग विगत ५० वर्ष देखी नाटक, थिएटर, संगीत, निर्देशन लगायतका क्षेत्रमा युके, साउथ अफ्रिका, भारत, ग्रिक आइल्याण्ड, अफगानिस्तान, इथोपीया लगायतका विश्वभरका विभिन्न  देशका युवाहरू, वयस्कहरू र विविध समुदायहरूसँग काम गरेको अनुभव छ भने उनी अन्तर्राष्ट्रिय स्तरका अब्बल प्रोफेसर हुन् ।

आफ्नो अनुभवलाई साक्षी राख्दै प्रोफेसर वाल्टर्सले एसपीए परिवार र यहाँका विद्यार्थीहरू सँग काम गर्न उत्साहित रहेको बताएका छन् । ‘म धेरै उत्साहित छु, यहाँका युवा विद्यार्थीहरू सँग काम गर्नको लागि । यो ९० दिनमा केही थप र नयाँ सिक्ने, सिकाउने छु’ उनले भने ।

प्रोफेसर वाल्टर्सलाई  स्वागत गर्दै एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्यायले क्रिस विशिष्ट परिस्थितिहरू र दर्शकहरू अनुरूप बेस्पोक नाटकहरू सिर्जना गर्नका लागि निकै परिचित रहेको बताए ।

‘एक कुशल नाटककार र लचिलो शिक्षकको रूपमा प्रोफेसर वाल्टर्सको अभिनव दृष्टिकोण र थिएटर प्रतिको जुनूनले हाम्रो क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूमा नयाँ र प्रेरणादायी ऊर्जा ल्याउनेछ’ क्याम्पस प्रमुख उपाध्यायले भने ।