Skip to main content

टुँडीखेलमा नाराबाजी गर्नेहरुलाई देउवाले हकार्दै भने ‘लाज छैन, यही हो सिकेर आएको ?’

Submitted by editor on
ईबिगुल संवाददाता
शेरबहादुर देउवा

काठमाडौं : गौरा पर्व मनाउन टुँडीखेल पुगेका नेताहरूविरुद्ध नाराबाजी भएको छ । सोमबार टुँडीखेलमा नेताहरूले मन्तव्य दिने क्रममा युवाहरूको समूहले नाराबाजी गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्तव्य सुरु गरेलगत्तै उनीहरूले नाराबाजी गरेका थिए । क्रमशः पर्यटनमन्त्री बद्री पाण्डे, वनमन्त्री ऐनबहादुर शाही, एमाले नेता भीम रावलले मन्तव्य राखिरहेका बेला उनीहरूले चर्को नाराबाजी गरिरहेका थिए ।

त्यलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मन्तव्य दिन आएका थिए । उनले सुरूमै नाराबाजी गर्नेहरूमाथि असन्तुष्टि व्यक्त गरे । गौरा पर्व मनाउँदै गर्दा कार्यक्रम नै बिथोल्न खोजेको भन्दै सभापति देउवा आक्रोशित बनेका थिए । 

‘कार्यक्रम बिथोल्ने, लाज छैन । यही हो नेपालको चलन ? यही हो सिकेर आएको ?’ सभापति देउवाले भने । उनले नाराबाजीकै बीचमा शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रमको आयोजना प्रशंसा संरक्षण समूहले गरेको थियो ।