Skip to main content

अत्तरियाबाट नेकपा बहुमतका ६ जना विद्यार्थी नेताहरु पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
 ६ जनालाई पक्राउ

धनगढी : प्रहरीले नेकपा बहुमत निकटको विद्यार्थी संगठनका  ६ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीले ६ जनालाई पक्राउ गरेको हो । अत्तरियाको प्रतिभा पुस्तकालयमा बैठक बसिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको हो ।

सुदूरपश्चिम बिद्यार्थी कमिटीको बैठक बसिरहेका बेला प्रहरीले धरपकड गरेको सो पार्टीका कञ्चनपुर इन्चार्ज हरिश दयालले बताए । 

प्रहरीले भने पक्राउ गर्नुको कारण खुलाएको छैन । पक्राउ परेका ६ जनालाई अहिले जिल्ला प्रहरी कार्यालय कैलाली ल्याइएको छ ।