Skip to main content

प्रचण्ड भन्छन, ‘दुई ठुला दल मिलेर संविधानमाथि घातगर्ने योजना बन्दैछ’

Submitted by editor on
शिवराज भट्ट
पुष्पकमल दाहाल

धनगढी : पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पहिलो र दोस्रो दल मिलेर संविधानमाथि घात गर्ने योजना बनाएको आरोप लगाएका छन । सुुदूरपश्चिम प्रदेश स्तरीय परामर्ष बैठक सकेपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै दाहालले यस्तो बताएका हुन । 

उनले अहिलेको सरकारले दुुई तिहाईको दम्भ देखाईरहेको र संविधान संसोधन गरेर समानुपातिक समावेशीको अवधारणा खारेज गर्न खोजेको आरोप लगाए । ‘संविधान माथि उहाँहरु घात गर्नु हुन्छकी भन्ने आशंका पैदा भएको छ । उहाँहरु पछाडि जान चाहनुहुन्छ । किन भने यो समावेशी समानुपातिक भनेर हामीले संविधानमा धेरै मेहनत गरेर, संघर्ष गरेर ल्याएका हौं । नेपालका महिला, दलित, आदिवासी जनजाती, मधेसी, थारु सबैको अधिकार सुनिश्चित गर्न गरेको हो । यो उनीहरुलाई मन परेको छैन’ दाहालले भने ।

दाहालले काँग्रेस र एमाले २०७२ सालको संविधानलाई माओवादी देख्न थालेको आरोप लगाए । ‘उनीहरु २०७२ सालको संविधानलाई माओवादी देख्न थालेका छन । समावेशी भनेनि माओवावादी, समानुपातिक भनेनि माओवादी, दलित महिला मुस्लीम भनेनी माओवादी, गणतन्त्र भनेनी माओवादी । उनीहरु कसरी यो माओवादीर्ला ठिक पार्ने भन्नेमा लागेका छन’ दाहालले भने ।

दाहालले पार्टीभीत्र कुनै विवाद नरहेको बताए । उनले आफ्नो पार्टीको भन्दा पनि पत्रकारहरुलाई माओवादीभीत्रको चिन्ता देखिने गरेको बताए । ‘अहिले नेतृत्व परिवर्तनको कुनै कुरा आएको छैन । तपाईहरुले भन्नुभएको प्रभाकर कमरेडले ल्याएको प्रस्तावको कुरा गर्नु भएको होला, उहाँले नेतृत्व परिवर्तनको कुरा ल्याउनुभएको होईन, नेतृत्वलाई अझ बलियो र चलायमान बनाने कुरा ल्याउनुभएको हो’ दाहालले भने ।

पार्टीको सुदूरपश्चिम प्रदेशस्तरीय परामर्श बैठक बुधबारदेखि धनगढीमा सुरु भएको थियो । बैठकमा केन्द्रीय पदाधिकारीसहित प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहको थियो ।

माओवादीले बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश र गण्डकी प्रदेशको बैठक सम्पन्न गरिसकेको छ । प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ । केन्द्रीय कमिटीले ठोस निर्णय गरेर जनतामा जाने माओवादीको तयारी छ ।