Skip to main content

प्लाष्टिकमुक्त धनगढीमा प्लाष्टिकै प्लाष्टिकमा बेरियो प्रहरीको भवन

Submitted by editor on
ईबिगुल संवाददाता
प्लाष्टिकका ध्वजापताका

धनगढी : प्लाष्टिकमुक्त धनगढीको प्रहरीले नै प्लाष्टिकका ध्वजापताका लगाएर धज्जी उडाएको छ । विहीबार गृहमन्त्री रमेश लेखकले उद्घाटन गर्ने भनिएको नेपाल प्रहरीको पेट्रोलपम्म, क्षेत्रीय प्रहरी कार्यालय जाने सडक वरिपरि प्लाष्टिकका ध्वजापताका लगाइएएका छन ।

रंगिविरंगी ध्वजापताकाले पेट्रोलपम्प नजिकैको भवन सजाईएको छ भने क्षेत्रीय प्रहरी कार्यालय जाने सडकको वरिवरिका रुखहरुमा प्लाष्टिककै ध्वजापताका लगाईएका छन । धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोल जाने सडक नजिकै रहेको, पेट्रोल पम्पमा यस्तो गरिएको हो ।

प्रहरी कल्याणकारी कोषको रकमले केही महिनाअद्धि पेट्रोलपम्प निर्माण गरिएको थियो । सरकारी कानूनको कार्यान्वयन गर्ने निकाय प्रहरी हो, प्रहरीले आफ्नै उपमहानगरले बनाएको नियमको धज्जी उडाएपछि सामाजिक सञ्जालमा पेट्रोलपम्पको तस्बिर भाईरल भईरहेको छ ।

सामाजिक सञ्जालमा धनगढीका सार्वजनिक स्थल तथा पसलहरूबाट प्लास्टिक जफत गर्दै आएको, प्लाष्टिक जफत भएकाहरुलाई जरिवाना तिराउदै आएको नगर प्रहरी समेत मूकदर्शक बनेको भन्दै सामाजिक सञ्जालमा उपमहानगरको विरोध हुन थालेको छ ।

तरनगर प्रहरीले भने प्लाष्टिकका ध्वजापताका प्रयोग नगर्न आग्रह गर्दा पनि नेपाल प्रहरीको प्रादेशिक कार्यालयले नटेरेको बताएको छ । उपमहानगरपालिकाले नगर प्रहरी पठाएर प्लाष्टिकका ध्वजापताका हटाएर फूलको माला प्रयोग गर्न आग्रह गरिएको बुझिएको छ ।

यता, सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक रविन्द्र केसीले धनगढी उपमहानगर क्षेत्रमा प्लाष्टिक प्रतिबन्ध गरिएको विषयमा जानकार नभएको बताए । उनले भने, ‘गृह मन्त्री ज्यूको कार्यक्रम भएर सजाएका हौं । धनगढीमा प्लाष्टिक प्रतिबन्ध हो र ?’