Skip to main content

धनगढीको नेतुवा तालमा डुबेर श्रीपुरका कमल चौधरीको मृत्यु

Submitted by editor on
ईबिगुल संवाददाता
डुुबेर एकजनाको मृत्यु

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा अवस्थित नेतुवा तालमा डुुबेर एकजनाको मृत्युभएको छ । उद्धार र खोजीमा खटिएको नगरप्रहरीले दिएको जानकारी अनुसार गोदावरी नगरपालिका वडा न.८ श्रीपुरका ३० वर्षिय कमल चौधरीको डुुबेर मृत्युभएको हो ।

दिउसो साढे १२ बजेतिर स्थानीयले प्रहरी र नगरप्रहरीलाई खबर गरेका थिए । त्यसपछि खटिएको नगर प्रहरी र नेपाल प्रहरीले तालमा खोजी गर्दा चौधरी मृत फेला परेका हुन । उनको शव सेती प्रादेशीक अस्पतालमा राखिएको छ ।